विद्यादेवी भण्डारीले चहल पहल गरेकै बेला ओलीद्वारा बाटो छेक्ने प्रयास
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक चहल पहल बढाएका बेला एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनहरूका कार्यक्रममा अध्यक्ष खड्गप्रसाद ओलीको मात्र तस्बिर राख्न निर्देशन दिएको छ ।
एमालेले अध्यक्ष ओलीको तस्बिरलाई अनिवार्य राख्न निर्देशन दिएको छ । पूर्वराष्ट्रपति भण्डारी पनि एमालेका कार्यक्रमहरूमा सहभागी हुने भएपछि तस्बिर राखिने थियो । भण्डारीसहितका नेताहरूको तस्बिरलाई ओलीले राख्न नदिएर निरंकुशता थोपर्न खोजेको भनेर आलोचना भएका छन् ।
ओलीले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर पनि राख्न अनुमति दिएका छन् । एमालेले जीवित नेतामा अध्यक्ष ओलीबाहेक अरूको तस्बिर ब्यानरहरूमा नराख्ने जनाएको छ ।
एमालेले कार्ल मार्क्स र लेनिनको तस्बिर ७औँ महाधिवेशनदेखि औपचारिक कार्यक्रमहरूमा राख्न छाडेको छ । माओ त्से तुङ र स्टालिनको तस्बिर पञ्चायतकालबाट एमालेले हटाइसकेको छ ।
एमालेले औपचारिक कार्यक्रमहरूमा खादा मालालगायत भडकिलो कार्यक्रमहरू नगर्ने जनाएको छ । मञ्चमा अतिथिहरू आसन ग्रहणलाई छरितो बनाउने निर्देशन समेत दिएको छ ।
पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको एमाले उप–महासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी निर्णय परिपत्रमार्फत पठाइने उनले उल्लेख गरेका छन् ।
कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको रिमालले बताएका छन् ।
मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथिलगायत व्यक्तिलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउन पार्टीपंक्तिलाई निर्देशन दिइने रिमालले जनाएका छन् ।
आसनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने नीति एमालेले लिएको छ ।
एमाले अध्यक्ष ओलीले पनि आसनग्रहणलगायत विषयमा निर्णय गरिएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया