उता पनि कांग्रेस-माओवादीले एमालेको योजना तुहाइदिए
काठमाडौं । एमालेका कारण तनाबमा परेका कोशी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका गठबन्धनले ठूलो कदम उठाएको छ ।
सरकार ढाल्ने एमालेको असफल प्रयास तुहिएको छ । कांग्रेस–माओवादीको चलाखीबाट एमालेले तनाबमा परेको छ । सत्ता गठबन्धनले नयाँ रणनीति बनाएका छन् । रणनीति अन्तर्गत गठबन्धनले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएको छ ।
एमालेको सम्भावित कदमलाई गठबन्धनले बुझेर नै उचित कमद उठाएका छन् । गठबन्धनले बहुमत पुर्याउन सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएको छ । एमालेबाट निर्वाचित उप–सभामुख सिर्जना दनुवारलाई सभामुखको भूमिका निर्वाह गर्ने जिम्मा आएको छ ।
उप–सभामुखले पनि राजीनामा दिएको अवस्थामा ज्येष्ठ सदस्यको रूपमा गठबन्धनबाटै मण्डलले सभाको अध्यक्षता गर्नुपर्ने सम्भावित अवस्था थियो । एमालेले उप–सभामुखलाई राजीनामा गराउन सक्ने कुरालाई मध्यनजर गर्दै गठबन्धनले त्यसअगाडि नै मण्डललाई मन्त्री बनाइदिएको छ ।
ज्येष्ठ सदस्यहरू एमाले र राप्रपाका छन् । प्रदेश सभामा उमेरका आधारमा हेर्ने हो भने १३औँ नम्बरमा मात्रै गठबन्धनको पालो आउँछ । कांग्रेसका सांसद अमृत अर्यालले १३औँ नम्बरमा जेष्ठताका आधारमा सभामुखका भूमिका निभाउनुपर्छ । अर्याललाई सभा सञ्चालन गराउनका लागि एमालेले ८ र राप्रपाका दुई सांसद अनुपस्थित हुनुपर्नेछ ।
एमालेले अब ८ जना र राप्रपाले २ सांसद अनुपस्थित गराउला ? प्रश्न उठेको छ । उप–सभामुख दनुवारले आफ्नो जिम्मेवारीबाट नभाग्ने र प्रदेश सभा सञ्चालन गर्ने बताइसकेकी छिन् । दनुवारलाई एमालेले दवाव दिएर स्वार्थअनुसारको काम गर्न लगाउने जोखिम उत्तिकै थियो । कांग्रेसका मण्डल हाल ८० वर्षका भए । उनीपछि एमालेका रोहितबहादुर कार्की ७१ वर्षका छन् ।
राप्रपाका अम्बरबहादुर विष्ट ६८ वर्षका छन् । एमालेकै सांसदहरू मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द दुलाल, राप्रपाका गोपालबहादुर विश्वकर्मा, एमालेका ज्ञानेन्द्र सुवेदी ज्येष्ठ सदस्य छन् । उनीहरू बैठकमा अनुपस्थित भएमात्रै गठबन्धन दल कांग्रेसका अमृतकुमार अर्याल ज्येष्ठ सदस्य छन् ।
कोशी प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा विपक्षमा छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया