कांग्रेसद्वारा एमालेको प्रस्ताव अस्वीकार, बालकोटमा सोँच्न बाध्य ओली, प्रचण्डलाई ठूलो राहत
काठमाडौं । नेपाली कांग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको भन्दै घटनामा संलग्नहरूलाई राज्यका निकायबाट कारबाही गर्न आग्रह गरेको छ ।
सोमबार संसदीय दलको बैठकपछि जारी विज्ञप्तिअनुसार कांग्रेसले भनेको छ, ‘हालै अवैध ढङ्गले पैठारी भई त्रिभुवन विमानस्थलबाट बाहिर निस्की पक्राउ गरिएको एक क्विन्टल सुनको विषयमा यो बैठकको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ ।’
‘त्रिभुवन विमानस्थल जस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढङ्गले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ’, कांग्रेसले भनेको छ, ‘यस्ता घटना विगतमा पनि भएका छन् । पटकपटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको छ ।’
‘यस्ता गैरकानूनी कार्य निस्तेज एवं पूर्णरुपले नियन्त्रण हुनु पर्दछ । यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नु पर्दछ’, कांग्रेसले भनेको छ ।
‘यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानविन र अभियोजन गर्ने प्रयोजनका लागिनै गठित भएको केन्द्रीय अनुसन्धान व्यूरो लगायत सरकारी निकायहरूले छानविन अनुसन्धान गरी रहेको छ’, कांग्रेसले भनेको छ ।
‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानविन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख विपक्षी दल एमालेले झण्डै एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोगको माग गर्दै आएको छ । कांग्रेसको निर्णयले एमालेको मागलाई अस्वीकार गरिदिएको छ ।
कांग्रेसको निर्णयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठूलो सहयोग मिलेको छ । एमालेलाई भने तनाब भएको छ ।
संसद अबरोध गरेर उत्पाच मच्चाइरहेको एमाले एक्लिएको छ । बालकोटमा बसेर रणनीति बनाउँदै आएका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई कांग्रेसले सोँच्न बाध्य बनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया