झापा कारागारका यी दुई ‘दादा’हरूको झुम्का र सुन्धारा सरुवा
काठमाडौं । झापा कारागारभित्र सिण्डिकेट लागू गरेर दादागिरी गर्दै आएका चौकीदार लयप्रसाद शिवाकोटी र सहायक चौकीदार कुमार शेर्पा ‘पाशाङ’लाई कारागार विभागले अर्को कारागारमा सुरुवा गरेको छ ।
कारागार व्यवस्था विभागले झापा कारागारका मुख्य चौकीदार शिवाकोटीलाई झुम्का कारागारमा सरुवा गरेको छ । सहायक चौकीदार कुमार शेर्पा ‘पाशाङ’लाई केन्द्रीय कारागार सुन्धारामा सरुवा गरिएको स्रोतले जनाएको छ ।
शिवाकोटी र शेर्पाको दमन र दादागिरीबाट झापा कारागारका कैदीबन्दीहरू निकै पीडित बनेका थिए । शिवाकोटी र शेर्पाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, कारागार विभाग लगायतका सरोकारवाला निकायमा लिखित उजुरी परेका थिए ।
झापा कारागारभित्र शिवाकोटी र शेर्पाले आफ्नो अपराधको धन्दा चलाएका थिए । त्यो धन्दाका बारेमा आवाज उठाउने कैदीबन्दीलाई उनीहरूले निकै यातना दिने गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
चौकीदार शिवाकोटी र सहायक चौकीदार शेर्पाका कारण झापा कारागारभित्र करीव दुई हप्ता अगाडि ठूलो झडप भएको थियो । शिवाकोटी र शेर्पाको डिजाइनमा मनोज लावतीलाई झुम्का कारागारमा पठाउन खोजेपछि अन्य कैदीबन्दीले ढुंगामुढा गरेका थिए । मनोज लावतीलाई सरुवा गर्ने निर्णयबाट झापा कारागार प्रशासन पछाडि हटेपछि विवाद मिलेको थियो ।
झापा कारागारभित्रको व्यवस्थापन अर्थात मुख्य चौकीदारको जिम्मेवारी मनोज लावतीले हेर्न थालेको बुझिएको छ । लावती कैदीबन्दीहरूलाई मिलाएर राख्ने क्षमता राख्छन् । उनलाई सबैले मन पराएका कारण झापा कारागारबाट अन्य कारागारमा सरुवा गराउन कैदीबन्दीले मानेका थिएनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया