सिंहदरबारद्वारा मन्त्रीको शपथका लागि चार बजेको तयारी गर्न शीतल निवाससँग आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डलमा हेरफेर गर्ने भएका छन् ।
सीके राउतको जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री दाहालले आज आइतबार मन्त्रिमण्डल हेरफेर र विस्तारको तयारी गरेको उच्च स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालयमा अपरान्ह ४ बजेका लागि शपथको तयारी गर्न प्रधानमन्त्रीको कार्यालयबाट आग्रह गरिएको शीतल निवास स्रोतले जनाएको छ ।
प्रधानमन्त्री दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संघीय मामिला तथा स्थानीय विकासमन्त्री अमनलाल मोदी र सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मामध्य एक जनालाई हटाउन सक्ने बुझिएको छ ।
स्रोतका दावीअनुसार माओवादीका दुई मन्त्रीलाई हटाएर माओवादीकै अर्का सांसदलाई मन्त्री बनाउने चर्चा पनि छ ।
प्रधानमन्त्री दाहालले हितबहादुर तामाङलाई मन्त्री बनाउन चाहेको चर्चा छ । जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन प्रस्ताव गरेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया