प्रदेश सांसद शाही कांग्रेसमा प्रवेश
काठमाडौं । जुम्ला जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेश सभामा निर्वाचित सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार पत्रकार सम्मेलन गरेर प्रदेश सांसद शाहीले आफू कांग्रेस पार्टीमा फर्किएको बताएका हुन् ।
शाहीले निर्वाचनको समयमा आफ्नो पक्षमा जनमत भएपनि टिकट नपाएका कारण विद्रोह गरेको बताए ।
‘स्वतन्त्र लड्नु मेरो बाध्यता थियो’, उनले भने, ‘जनमत भएको व्यक्तिलाई टिकट नदिदा समस्या भएको हो ।’
प्रदेश सांसद शाहीले भने, ‘अब समय परिस्थति अनुसार सहकार्य हुन्छ ।’
प्रदेशसभा निर्वाचनमा शाही जुम्ला ‘१’ बाट ९ हजार ६ सय ५४ मत ल्याएर विजयी बनेका थिए । शाहीसँग कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंग शाही ७ हजार ७ सय ५५ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए ।
आफू निर्वाचित भएदेखि कर्णालीको विकास र समृद्धिमा लागिरहेको बताउँदै शाहीले अब पार्टी र जनताको सुझावका आधारमा काम गर्ने बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया