सुमेरुले चित्रबहादुर केसीको ८ करोड खाइदियो, बेलायत भागेका मुख्य मान्छेलाई ईन्टरपोलमार्फत नेपाल ल्याइने
काठमाडौं । लतितपुरको सुमुरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा धेरै व्याज पाउने प्रलोभनमा पर्दा ८ करोड रुपियाँ बचत गरेका चित्रबहादुर केसीको सबै रकम डुबेको छ ।
लतिलपुर निवासी केसीले बैंकहरूभन्दा राम्रो व्याज दिने सुनेर सुमेरु सहकारीमा रकम बचत गरेका थिए । चित्रबहादुर केसी विदेशमा बस्दै आएका छन् ।
आफ्नो रकम सुमेरु सहकारीमा डुबेकोबारे थाह पाए लगत्तै विदेशबाट अत्तालिँदै आएका केसीलाई सहकारीका संचालक समितिका सदस्यहरूले सुमेरु ग्रुपका नाममा रहेको जग्गा लिएर हिसाब मिलान गर्न दबाब दिइरहेका छन् ।
अहिले घरजग्गाको कारोवारमा मन्दी आएको छ । मूल्यमा समेत गिरावट आएका बेला सुमेरु संचालक समितिका सदस्यहरूले ललितपुरको विष्टछापमा रहेका जुका लाग्ने जग्गालाई घडेरी भनेर दोव्वर मूल्यमा भिडाउन खोजेका छन् । सुमेरु सहकारीमा रकम फसाएका निक्षेपकर्ताहरू डिप्रशनको शिकार हुने अवस्थामा पुगेका छन् ।
चित्रबहादुर केसी जस्तै अन्य बचतकर्ताको पनि अवस्था दयनीय भएको छ । नेपालका नाम चलेक डाक्टर, इन्जिनियर र ठूला व्यवसायीको रकम समेत सुमेरुमा डुबेको छ ।
सुमेरुका मुख्य संचालक भरत मर्हजन बचतकर्ताको रकम फिर्ता गर्न नसकेर हाल बेलयातमा पत्नी, छोरा र छोरीसहित लुकेर बसेका छन् । सुमेरु सहकारीको अध्यक्ष हेमराज दाहाल भए पनि सहकारीको सबै हर्ताकर्ता र मालिक भरत महर्जन हुन् ।
भरत महर्जनसँग केही व्यक्तिले हाट्वसएपमा कुरा गर्दा आफूलाई संचालक समितिका अन्य साथीहरूले डुबाएको गुनासो गरेको भरत महर्जन निकटका सहकारीका संचालक समितिका एक सदस्यले बताएका छन् ।
सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले आफूले संचालन गरेको एक अनलाईनमार्फत सुमेरुमा १२ अर्ब बचत रहेको र १० अर्ब निक्षेप रहेको अवस्थामा संचालक समितिका अन्य सदस्यले आफूलाई जानकारी नदिई रकम हिनामिना गर्दा यो अवस्था श्रृजना भएको दावी गरेका छन् ।
समेरु सहकारी संचालक समितिका अध्यक्ष रहेका हेमराज दाहाल र कम्पनी सचिव विनोद आचार्य लगायतले ५० करोडसम्म रकम झिकेर आफू खुसी चलाएको भन्दै महर्जनले यो अवस्था आउनुमा आफ्नै साथीहरूको बेइमानी रहेको गुनासो आफू निकटलाई गरेका स्रोतको भनाइ छ ।
कतिपय बचतकर्ता रकम डुब्ने डरले सुमेरुले विभिन्न ठाँउमा दिएको घडेरी पास गरि हिसाव मिलानमा लागेका छन् । ती जग्गा लिने प्रक्रियामा समेत संचालक समितिका सदस्यहरूले थप घोटाला गरिरहेको बताइएको छ ।
संचालक समितिमा अध्यक्ष हेमराज दाहाल, सदस्यहरू दिलिप डंगोल, विनोद आचार्य, सुनिल डंगोल, रमेश महर्जन, स्वच्छन्दा मानन्धर, धनेन्द्र कट्टेल र बीरु महर्जन छन् ।
बचतकर्ताको रकम फिर्ता गर्न नसकेछि यतिबेला संचालक समिति सदस्य र बचतकर्ताबीच दैनिकजसो चर्काचर्की पर्ने गरेको छ ।
सुमेरु सहकारीमा ठूलो रकम बचत गर्नेहरूमा चित्रबहादुर केसीसहित, ठाकुरचन्द्र श्रेष्ठ, महेन्द्र मालाकार, शोभिता केसी, सुनिता मालाकार, नारायण श्रेष्ठ, बोदराज भण्डारी, मनोरञ्जन शर्मा, धुव्र महर्जन लगायत छन् ।
उनीहरूको करोडौं रकम सुमेरु सहकारीले खाइदिएको छ । कतिपय सरकारी कर्मचारी र आर्थिक स्रोत खुलाउँदा अफ्ठेरो पर्ने डरले केही बचतकर्ता खुलेर बिरोधमा आउन सकेका छैनन ।
परिवारका सबै सदस्य लिएर बेलायत फरार रहेका सहकारीका मुख्य संचालक (मालिक) भरत महर्जनलाई नेपाल प्रहरीको ईन्टरपोलको माध्यामबाट पक्राउ गरी नेपाल ल्याउन तयारी भइरहेको स्रोतले जनाएको छ । सुमेरु सहकारीमा ठूलो रकम डुबाएका निक्षेपकर्ताहरूले ईन्टरपोलमार्फत भरत महर्जनलाई बेलायतबाट पाताकसेर ल्याउन पहल थालेको एक पीडितले बताएका छन् ।
देश छाडेर भागेका भरत महर्जनका दिनदशा निकै खराब चलिरहेका छन् । निक्षेपकर्ताको पैसा फिर्ता गर्नुको साटो भरत महर्जनले आफ्नो लगानी रहेको अनलाइनबाट विभिन्न खालका झुठा समाचार र डकुमेन्ट बनाएर सामाजिक सञ्जालमा बुस्ट गरिरहेका छन् । उनको यो हर्कतबाट पीडितहरू झन् रिसाएका छन् ।
करोडौं रुपियाँ हिनामिना गरेर बेलायत भागेका भरत महर्जनको माओवादी केन्द्र र एमालेका नेताहरूसँग राम्रो सम्बन्ध छ । भरत महर्जनलाई कारबाही गर्ने विषयमा सहकारी विभागले चिना हेराएर बसेको छ ।
भरत महर्जनसँग सहकारीको समस्या र विवादका विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । भरत महर्जनको मोबाइल फोन अफ छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया