कांग्रेसभित्र आगो सल्काउने एमालेको असफल प्रयास, देउवा–प्रचण्डले पत्याएनन्

काठमाडौं । नेकपा (एमाले)ले नेपाली कांग्रेसभित्र आगो सल्काउने असफ प्रयास गरेको छ ।

मेडिकल माफियाका रुपमा परिचित कांग्रेसका सांसद डा.सुनिलकुमार शर्मा नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेको विषयमा एमालेले प्रहरीको विरोध गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेसका सांसद डा.शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा छाननिवका लागि प्रहरीले पक्राउ गरेर गलत गरेको बताइन् ।

साहले डा.शमाले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गरेपछि नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ गरिएको बताइन् ।

एमालेका सांसदहरूले शुक्रबारबो प्रतिनिधि सभाको बैठक पनि अबरोध गरेको छ । एमालेको तर्फबाट सांसद साहले बोलेकी थिइन् । त्यसपछि एमालेका सांसदहरू सभामुख देवराज घिमिरे बसेको स्थान नजिकै रोष्टममा पुगेर नाराबाजी गरेका थिए ।

एमालेले एक सय किलो सुन तस्करी प्रकणमा उच्चस्तीय छानविन समितिको माग गर्दै आएको छ । राज्यका संयन्त्रले गरेको अनुसन्धानलाई एमालेले विश्वास गरेको छैन । उच्चस्तरीय छानविन समिति गठन गरेर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बयानमा बोलार सरकार ढाल्ने रणनीतिमा लागेको छ ।

एमालेले दैनिक रुपमा संसद अबरोध गर्दै आएको छ । एमालेका सांसद समेत रहेका सभामुख देवराज घिमिरेले एमालेलाई नै सहयोग गर्दै आएका छन् । घिमिरेले बैठक बस्नेवित्तिकै एमालेलाई बोल्न समय दिन्छन् । एमालेले बोल्नेवित्तिकै संसदको बैठक अगाडि बढाउनुको साटो बैठक १५ मिनटै रोकेर अर्को बैठकको समय सुनाउने गरेका छन् ।

संसद अबरोध गर्नेहरूलाई कम्तीमा १ देखि २ घण्टासम्म नारावाजी गर्न दिनेपर्नेमा एमालेको माया लागेर सभामुख घिमिरेले तत्काल संसद बैठक स्थगित गर्ने गरेका छन् ।

एमालेका सभामुख घिमिरेको गतिविधिले सरकारलाई ठूलो असहयोग भइरहेको छ । घिमिरेले सरकारलाई भन्दा पनि आफूलाई एमालेप्रति बफादार बनाएका छन् ।

एमालेले गठबन्धन भत्काउन विभिन्न हर्कतहरू गरिरहेको छ । कांग्रेस र माओवादी केन्द्रबीच दरार ल्याउने प्रयास गरिरहेको छ । सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका असफल प्रयासहरूलाई विश्वास गरेका छैनन् ।

Published : Friday, 2023 August 11, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया