सांसद शर्मा पक्राउ पर्नेवित्तिकै कांग्रेसको बैठक, देउवाद्वारा दाहालसँग भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
बिहीबार साँझ बालुवाटार पुगेर देउवाले दाहालसँग सांसद डा.सुनिल शर्मा पक्राउ परेको विषयमा जानकारी माग गरेका हुन् ।
धुम्बाराहीस्थित निवासमा कांग्रेस नेताहरूसँग आन्तरिक छलफल गरेलगत्तै सभापति देउवा प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन् ।
कांग्रेस सांसद डा.शर्मा पक्राउ परेपछि देउवा बालुवाटार गएका हुन् । आन्तरिक छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको आलोचना भएको थियो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद डा.शर्मा पक्राउबारे बैठकमा छलफल भएको बताए । उनले डा.शर्मा पक्राउ परेको बारेमा आधिकारिक जानकारी लिएपछि मात्रै पार्टीको धारणा सार्वजनिक गर्ने बताएका छन् ।
सोही विषयमा बुझ्न देउवा बालुवाटार गएको बताइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सांसद डा.शर्मालाई बिहीबार पक्राउ गरेको छ ।
शैक्षिक प्रमाण पत्र कीर्ते गरेको कसूरमा सांसद डा.शर्मालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया