मेडिकल माफिया डा.शर्माको पाप धुरीबाट करायो, अति गरेपछि पोखियो, कांग्रेसले निलम्बन गर्ला ?
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा.सुनिल शर्मासहित पाँच जनालाई पक्राउ गरेको छ ।
बिहीबार सीआईबीले नेपाली कांग्रेसका सांसद डा.शर्मासहितका चिकित्सकहरूलाई नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ गरेको हो । सीआईबीकी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सांसद शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिएकी छिन् ।
पक्राउ पर्नेहरूमा डा.रामबाबु यादव, डा.रञ्जित यादव, डा.एलिना साह र डा.अमित चौधरी रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सीआईबीको अपरेशन जारी रहेको छ ।
यसअघि सीआइबीको टोलीले काठमाडौंको गोल्फुटारबाट कांग्रेसका सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको विषयमा सीआईबीले संसद् सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ ।
कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले अपरेशन चलाएको थियो । उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सीआईबीका प्रमुख बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।
पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका उल्लेख छ ।
कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानूनबमोजिम गरी पाउँ भन्नेसमेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको जनाइएको छ ।
शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट शर्माको आइएससीको सर्टिफिकेट नट भेरिभाइड लेखी आएको उल्लेख गरिएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेसका सांसद डा.शर्मा मेडिकल माफियाका रुपमा परिचित छन् । उनले मेडिकलको क्षेत्रमा निकै ठूलो हर्कत गरेको आरोप लागेको छ । डा.गोविन्द केसीले डा.शर्माका विरुद्ध पनि आफ्नो अनशनको आन्दोलन गर्दै आएका थिए ।
सांसद डा.शर्मा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला निकटका मानिन्छन् । उनलाई महामन्त्री गगनकुमार थापाले पनि संरक्षण गर्दै आएका छन् । डा.शर्माका विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरीहरू परेका छन् ।
अनुसन्धानका दायरामा रहेका डा.शर्मालाई रिहाइ गर्न गगन थापा निकटका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले माग गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै आएका महामन्त्री गगन थापाले डा.सुनिल शर्मालाई निलम्बन गर्न माग गर्छन् वा बचाउँछन् हेर्न बाँकी छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया