सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई माओवादीले बचाउने संकेत दिएन
काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर उनले दोषी प्रमाणित भए महरा मात्र नभइ कसैलाई पनि नछाड्ने बताए ।
सुन तस्करी प्रकरणमा माओवादीका नेता महरा र उनका छोरा राहुल महराको नाम बाहिर आइरहेको छ । सीआईबीले अहिलेसम्म महराका बाबु छोरालाई पक्राउ गरेर अनुसन्धान गर्न सकिरहेको छैन । माओवादीका प्रवक्ता सापकोटाले महरालाई पनि छानविन हुन सक्ने संकेत गरेर पार्टीभित्र उथलपुथल ल्याइदिएका छन् ।
उनले भने, ‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ ।’
‘यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ’, प्रवक्ता सापकोटाले भने ।
सापकोटाले सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको बताए ।
संसदमा एमालेको अवरोध बार्गेनिङका लागि भएको आरोप उनले लगाएका छन् । सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले छुट्टै छानबिन समिति आवश्यक नभएको माओवादीका प्रवक्ता सापकोटाले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया