गृहमन्त्रीको सचिवालयको संरक्षणमा काठमाडौंमा गोरखालीको गोरख धन्दा, सीडीओहरूलाई दाइको आतंक
काठमाडौं । महानगरीय प्रहरी वृत्त, बालाजु र कमलपोखरीले गोरखा, लमजुङ, म्याग्दी लगायतका जिल्लाका मानिसहरूलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेर कारबाही प्रक्रियामा अगाडि बढाएको छ ।
स्थानीयको गोप्य सूचनाका आधारमा कमलपोखरी र बालाजु प्रहरीले विभिन्न समयमा जुवा खेल्ने समूहलाई पक्राउ गरेको हो । बालाजु प्रहरी स्रोतका अनुसार पक्राउ परेका अधिकांश व्यक्तिहरू गोरखा जिल्ला घर भइ काठमाडौंमा बसेर जुवा तास खेल्ने गरेका थिए । जुवातास खेल्ने र खेलाउने गरेर हैरान बनाएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाएका थिए । पक्राउ परेकाहरू कतिपय व्यक्ति छुटेका छन् । कतिपय थुनामा छन् ।
तर, पक्राउ परेकाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयमार्फत कारबाहीबाट बच्न विभिन्न पावर लगाइरहेको स्रोतले जनाएको छ । बालाजु र कमलपोखरीका प्रहरीहरू गृहमन्त्री श्रेष्ठको सचिवालयबाट आउने धम्की र दवावबाट हैरान भएका छन् ।
कमलपोखरी प्रहरीले जुवातास खेलिरहेको ठाउँबाट वर्ष ३१ का विवेक गुरुङ, ४३ वर्षीया कुमारी लामा, ३८ वर्षका राजु महर्जन, ५० वर्षका बिष्णुबहादुर श्रेष्ठ, ४८ वर्षीय खेमबहादुर श्रेष्ठ, ३३ वर्षीय सोम लामालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश व्यक्ति गोरखाका हुन् । उनीहरूले गृहमन्त्री श्रेष्ठको सचिवालयको नाम लिएर भत्केको पुल जुवातास खेल्ने र खोलाउने गर्दै आएका थिए ।
उता, बालाजु प्रहरीले बालाजु एरियाबाट ४० वर्षीय सीताराज गुरुङ, ४० वर्षीय विजय गुरुङ, ३० वर्षीय विनोद गुरुङ, ३४ वर्षीय होम गुरुङ, २७ वर्षीय प्रेम गुरुङ, ४५ वर्षीय धनबहादुर गुरुङ, ४० वर्षीय सविन गुरुङ, ५२ वर्षीय मंगल तामाङ, ३२ वर्षीय बलबहादुर घले, २६ वर्षीय उदेश घले र ३६ वर्षीय तिलकुमारी बुढालाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकांश व्यक्तिको घर गोरखा जिल्लामा पर्छ ।
गृहमन्त्री श्रेष्ठले मंगलबार प्रतिनिधि सभाको बैठकमा कानून विपरितका गतिविधि गर्ने जो भएपनि कारबाही गर्ने बताएका थिए । श्रेष्ठको सचिवालयबाट गैरकानून काम गर्ने व्यक्तिलाई छुटाउन प्रहरी प्रशासनलाई फोन गरेर हैरान बनाएको छ । गृहमन्त्री श्रेष्ठ गोरखाका हुन् । श्रेष्ठको आडमा अहिले काठमाडौं उपत्यकाभित्र गोरखाका व्यक्तिहरूको निकै ठूलो आतंक चलिरहेको छ ।
गोरखा जिल्ला र माओवादी केन्द्रका कार्यकर्ता भएमा गृहमन्त्री श्रेष्ठले कारबाही गर्न दिदैनन् । जति ठूलो अपराध गरे पनि छाड्न दवाव दिने गरेको रानीपोखरी निकट उच्च स्रोतले जनाएको छ ।
गृहमन्त्री श्रेष्ठको दाइ हुँ भन्दै एक जना व्यक्तिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई फोन गरेर हैरान बनाउने गरेको आरोप छ । फोन गरेर दु:ख दिने ती व्यक्तिका विषयमा धेरै कुराहरू बाहिर आएका छन् । गृहमन्त्रीको दाइ हुँभन्दैमा जे मन लाग्यो त्यही गर्ने छुट कसैलाई छैन ।
गोरखा जिल्ला घर भएका व्यक्ति र माओवादीका नेता कार्यकतालाई कारबाही गरेकै कारण केही सीडीओ र प्रहरीलाई गृहमन्त्री श्रेष्ठले जिम्मेवारी खोसे भने अचम्मा नमाने पनि हुन्छ ।
गृहमन्त्री श्रेष्ठले सबैभन्दा पहिले मुलुकमा अमन चयन बनाउने हो र भ्रष्टाचार रोक्ने हो भने आफ्नो दाइ र आफ्ना सहयोगीहरूलाई ठाउँमा राख्नुपर्छ । होइन भने संसदमा जे बोले पनि कसैले पत्याउनेवाला छैनन् । सुन काण्डमा कृष्णबहादुर महरासहितका माओवादीका नेताहरूको नाम आउँदा पनि श्रेष्ठले कारबाही गरेका छैनन् । पहिला त्यता पनि हात हाल्नुपर्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया