ओली प्रधानमन्त्री र श्रेष्ठ मन्त्री भएका बेला रुपालाई गरेको जातीय विभेद भुल्नुभयो रीमाजी ?

काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले अभिनेत्री तथा टेलिभिजन प्रस्तोता रीमा विश्वकर्मालाई भान्सामा राखेर चिया पिएको तस्वीर सार्वजनिक गरेर आलोचनाको शिकार बन्नु परेको छ ।

पूर्वप्रधानमन्त्री र कम्युनिस्ट नेता जस्तो व्यक्तिले रीमालाई भान्सामा राखेर चिया पिएको तस्वीर सार्वजनिक गर्नुको उदेश्य के हो हो ? प्रश्न उठेको छ । ‘ओलीले जातीय छुवाछुत अहिले पनि छ, मैले उन्मूलन गर्न सकिन’ भन्ने सन्देश दिएको भनेर आलोचना भएका छन् । सरकारमा रहेका बेला वा प्रधानमन्त्री बनेका बेला जातीय विभेद र छुवाछुत अन्त्य गर्न ओलीले के प्रयास गरे ? प्रश्न उठेको छ ।

ओली प्रधानमन्त्री बनेकै बेला उनकै कार्यकालका तत्कालीन शिक्षामन्त्री तथा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जातीय विभेद गरेर कोठाबाट निकाला भएकी रुपा सुनारविरुद्ध के हर्कत गरेका थिए ? स्मरण हुनुपर्ने हो ।

सञ्चारकर्मी रूपा सुनार प्रकरणमा मुछिएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सञ्चारकर्मी रूपा सुनारविरुद्ध निकै ठूलो ज्यादति गरेका थिए । रुपाले धेरै दु:ख पाइन् । त्यस बेलाका प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई संरक्षण गरेर मन्त्री पदमै राखेका थिए । दलितमाथि यति ठूलो सहानुभूति थियो त्यस बेला कृष्णगोपाल श्रेष्ठलाई ओलीले किन मन्त्री पदबाट बर्खास्थ गरेनन् ? रीमालाई आफ्नो भान्सामा राखेर चिया खुवाएको यो तस्वीरले ओली र रीमालाई गिज्याइरहेको छ ।

तत्कालीन समयमा मन्त्री रहेका बेला जातीय विभेद गरेकी महिलालाई छुटाएर झण्डावाल गाडीमा हालेर ल्याउँदै एमालेका कृष्णगोपाल श्रेष्ठ ।

अहिले आएर अभिनेत्री रीमालाई भान्सामा राखेर चिया खुवाएको नौटंकी गरेको भनेर आलोचना भइरहेको छ । जातीय विभेद र कोठाबाट निकाला गरेको अभियोगमा काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदबारले पक्राउ गरेको थियो । अनुसन्धान जारी रहेकै बेला तत्कालीन समयमा असार ९ गते शिक्षामन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेर ३ दिनदेखि हिरासतमा रहेकी घरबेटी प्रधानलाई छुटाएनन् मात्र, आफ्नै झन्डावाल सरकारी गाडीमा राखेर घर पुर्‍याइदिएका थिए ।
ओलीका आलोचकहरूले पूर्वप्रधानमन्त्री र एमालेको अध्यक्ष जस्तो व्यक्तिले जातीय कुरालाई रंग दिन खोजेको भनेर आलोचना भइरहेको छ ।

रुपमाथि तत्कालीन समयमा एमालेका नेता कार्यकर्ताले गरेको विभेद र जातीय असंहिष्णुता ओली र रीमाले किन यति छिटो भुले ? त्यस बेला एमालेका नेता छविलाल विश्वकर्माले रुपामाथि भएको कृष्णगोपालको ज्यादति विरुद्ध एकशब्द बोलेनन् । अहिले दलितहरूमाथि ओलीको किन यति ठूलो सहानुभूति हो ? सत्ताभन्दा बाहिर गएपछि किन यति ठूलो नौटंकी ? कृष्णगोपाललाई कारबाही गर्ने हिम्मत छ अध्यक्ष ओलीसँग ? कृष्णगोपाललाई कारबाही गर्न रीमाले आग्रह गर्न सक्छिन् । ओली र रीमाले रुपासँग गएर सोध त्यस बेला ओली प्रधानमन्त्री बनेका बेला रुपमाले सहनु परेको जातीय विभेदको पीडा कस्तो हुन्छ बल्ला थाहा हुनेछ ।

चिया खुवाउँदै र टेबल टेनिस खेल्दैमा जातीय विभेद अन्त्य हुन सक्दैन । प्रधानमन्त्री भएका बेला ओलीले कृष्णगोपाललाई मन्त्रीबाट बर्खास्त गरेर हटाएको भए बल्ल ओलीको यो तस्वीर सान्दर्भिक हुने थियो । रीमालाई जस्तै गरेर ओलीले कुनै दिन रुपालाई आफ्नो भान्सामा लगेर चिया खुवाउनु भयो ? रुपालाई न्याय दिनुभयो ? ओली र एमालेका नेताहरूले जवाफ दिन सक्छन् ? जातीय विभेदको चोट कस्तो हुन्छु रुपालाई गएर सोध्दा राम्रोसँग जानकारी हुनेछ ।

अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्वीरसँगै सबैलाई नमस्कार, शुभ बिहानी ! तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ! गुड फ्रइडे ।’

उता, रीमाले पनि आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ । नेता केपी ओलीका धेरै परिप्रेक्ष्यसंग मेरो सहमति नहोला तर, व्यक्ति ‘केपी बा’ चै वास्तव मै प्रभावशाली लाग्यो !’

‘परिवर्तन रूचाउने नयकका पुस्ताले यी पाका नेता को अनुभव पनि आत्मसाथ गर्न सके नयकका नेपाल साच्चै गज्जबको बन्थ्यो होला’, रीमाले भनेकी छिन् ।

एमाले बाग्लुङका पूर्वजिल्ला कमिटी सदस्य सुजन परियारले ओलीले राखेको तस्वीरमा कमेन्ट लेखेर भनेका छन्, ‘जातीय विभेद दिननुदिन फरकफरक तरिकाले हुँदैछ । घरसम्म बनाउन नदिएर बन्दै गरेको घर भत्काईदिन लागे । तिनको विषयमा पनि संसदमा तपाईंले नै बोल्नेकि क्षतिपूर्तिसहित कारवाही गर्न भन्न पर्‍यो ।’

‘रीमा विश्वकर्मा जस्ता सुन्दरी, देवकुमार नेपाली जस्ता पैसावाला दलितसँग त आफ्नै घरमा भान्सामा लगे पनि घर छोइन्न देउता रिसाउन्न’, एमालेका संगठित कार्यकर्ता समेत रहेका परियारले भनेका छन् ।

Published : Saturday, 2023 August 5, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया