रेशमका दुई पत्नी, कान्छीले बिहेको शुभकामना दिएपछि नाउपाभित्र खैलाबैला
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा पूर्वसांसद रेशमलाल चौधरीकी कान्छी पत्नी आशा चौधरीले वैवाहिक वर्षगाँठको शुभकामना दिएकी छिन् ।
शुक्रबार रेशम र आफ्नो तस्वीर सेयर गर्दै आशाले खुसी साटेकी छिन् । रेशमले आफ्नी कान्छी पत्नीका विषयमा केही भनेका छैनन् । आशाले सामाजिक सञ्जालबाट वैवाहिक वर्षगाँठको शुभकामनालाई हटाएकी छिन् । सायद रेशमले गाली गरेपछि आशाले त्यो सामग्रीहरू हटाएको हुनुपर्छ ।
रेशमकी पत्नी रञ्जिता श्रेष्ठ मात्रै हुन् भन्ने सबैलाई जानकारी थियो । तर, एकाएक शुक्रबार बिहान आशाले रेशमसँगको तस्वीर सेयर गरेर वैवाहिक जीवनको वार्षिकउत्सवको शुभकामना दिएपछि नाउपाभित्र खैलाबैला भएको छ ।
रेशम चौधरीका दुई वटी पत्नी रहेछन् भन्ने कुरा कान्छी पत्नी आशाले खुलासा गरेकी छिन् । कान्छी पत्नीको विवाह दर्ता भएको छ वा छैन केही भनिएको छैन । कान्छी पत्नी आशाको विवाह दर्ता भएको रहेनछ भने आशा र उनका सन्तानहरूले दु:ख पाउने पक्का छ ।

राजनीतिक दलका नेताले कानून विपरित दुई वटा विवाह गरेको कुराले हँगामा भएको छ ।
उता, नाउपाका पूर्व नेता सुरेन्द्र चौधरीले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत रेशमकी कान्छी पत्नी आशालाई वैवाहिक जीवनको वार्षिकउत्सवको शुभकामना दिएका छन् । सुरेन्द्रले भनेका छन्, ‘रन्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाट हटाएर अध्यक्ष बन्ने पालो तिम्रो हो बहिनी ! सफलताको शुभकामना !’
टीकापुर घटनामा आममाफी पाएपछि केही महिना अगाडि मात्रै रेशम डिल्लीबजार जेलबाट छुटेका छन् । उनले जेलमा रहेका बेला नाउपा गठन गरेका थिए ।
नाउपाको आफू संरक्षक बनेर रेशमले आफ्नी जेठी पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए । रञ्जिताले टीकापुर क्षेत्रबाट प्रतिनिधि सभामा समेत जितेकी थिइन् । रञ्जिता अहिले भूमिसुधार मन्त्री छिन् । कान्छी पत्नी र रेशमको तस्वीर बाहिर आएपछि मन्त्री रञ्जितालाई तनाब भएको छ ।
मन्त्री बनेपछि आफ्ना पति रेशमलाई मात्रै आममाफी दिएर छुटाइन् । तर, त्यही टीकापुर घटनाका ४/५ जना थारुहरू अहिले पनि जेलमा छन् । करीव २०/२५ जना थारुहरूलाई मुद्दा लागेको छ । उनीहरू फरार छन् । उनीहरूलाई रेशम र रञ्जिताले छुटाउन पहल गरेनन् । रेशमले जेलमा रहेका बाँकी साथीहरूको रिहाइ नहुँदासम्म म पनि जेलबाट छुट्दैन भनेर अडान लिनुपर्ने थियो । तर, रेशम र रञ्जिताले अडान लिएनन् । रेशम आफू मात्रै छुटे ।
अहिले पनि थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम थारुसहितका थारु अगुवा नेताहरू भूमिगत छन् । धेरै थारुहरूले दु:ख पाइरहेका छन् । टीकापुर र थारुको नाममा रेशमले आफ्नी जेठी पत्नीलाई मन्त्री बनाए भने आफू आममाफी पाएर छुटेका छन् ।

आममाफी पाएर छुटेका रेशम मन्त्री रहेकी जुठी पत्नीलाई साथमा लिएर जिल्लातिर हिँडेका छन् ।
कुरा त्यति मात्रै कहाँ हो र ? नाउपाकी अध्यक्ष समेत रहेकी मन्त्री रञ्जिता र संरक्षक रेशमले थारु समुदायलाई मधेशी क्लस्टरमा राख्न पहल गरेका छन् । थारुहरू छुट्टै क्लस्टरमा छन् । थारुको पहिचान मेटाउन रेशम र रञ्जिताले ठूलो मेहन गरिरहेका छन् ।
रेशम र रञ्जिता मिलेर थारुहरूलाई मधेशी समुदायमा हालेर शिक्षा विधेयक मन्त्रिपरिषदबाट पास गराएका छन् । त्यो विधेयक संसदबाट पारित हुनेवित्तिकै थारुको पहिचान समाप्त हुनेछ । यसको जिम्मेवारी रेशम र रञ्जिताले लिनुपर्नेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया