अपराध र तस्करी रोक्न भन्सार विन्दुमा अपग्रेड गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अपराध र तस्करी रोक्न भन्सार विन्दुको प्रविधि प्रणाली समय सापेक्ष अपग्रेड हुन आवश्यक रहेको बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको अनुगमन गर्दै मन्त्री डा.महतले भने, ‘अपराध र तस्करी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन् । हामीले पनि हाम्रो प्रविधि समय सापेक्ष अपग्रेड गर्नुपर्ने हुन्छ ।’

उनले भने, ‘एकले अर्कोसँग समन्वय गरौं ।’ डा.महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा के कस्ता प्रक्रिया पूरा गर्नुपर्ने र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका छन् ।

‘अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ’, उनले भनेका छन् ।

‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएको खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ’, अर्थमन्त्री डा.महतले भनेका छन् ।

उनले राजश्व अनुसन्धान, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेना समेत रहेकोमा थप नागरिक उड्डयन मन्त्रालयको समेत सक्रियता रहेको क्षेत्रमा एक निकायले अर्को निकायसँग आवश्यक समन्वयन गर्नुपर्ने बताएका छन् ।

Published : Wednesday, 2023 August 2, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया