मन्त्री बन्न नपाएपछि ‘नाउपा’भित्र बबाल, रेशमलाई ठूलो धक्का
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्र सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बन्ने विषयमा विवाद भएको छ ।
प्रदेश मन्त्रीको विषयलाई लिएर नाउपामा असन्तुष्टि भएको हो । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गरेको छ ।
प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफ्नो नाम मन्त्रीमा नपरेपछि असन्तुष्टि जनाएका छन् ।
पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि वैशाखमा प्रमुख सचेतक पदबाट लक्ष्मणकिशोरले राजीनामा दिएका थिए ।
उनले लेखेका छन्, ‘यार गद्दार निकला । राजनीतिक पाखण्डवाजको घनघोर भर्त्सना गरौं ।’
नागरिक उन्मुक्ति पार्टीले गत बैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी फेरेको थियो ।
उनीहरूको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो ।
संसदीय दलका नेता घनश्याम चौधरीले एक मन्त्री र राज्यमन्त्री मात्र पाएकाले भागवण्डा मिलाउन समस्या भएको बताएका छन् ।
रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय सर्वसम्मत रुपले गरिएको घनश्याम चौधरीले बताएका छन् ।
नाउपाबाट केन्द्र सरकारमा रेशमलाल चौधरीकी पत्नी रञ्जीता श्रेष्ठ भूमिसुधार मन्त्री छिन् । रेशमलाल चौधरी केही हप्ता अगाडि मात्रै जेलबाट छुटेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया