सहमतिमा संविधान संशोधन गर्न सभापति देउवा तयार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधान नेपालका समकालीन राजनीतिक दलहरूको सहमतिको दस्तावेज भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले संविधानमा भएका कमीकमजोरीहरू सच्याएर अघि बढ्न सकिने बताएका छन् ।
देउवाले संविधानको सफल कार्यान्वयन, स्थायी शान्ति र समृद्धि अहिले देशको आवश्यकता भएको बताए ।
सभापति देउवाले कांग्रेस संविधानमा भएका कमजोरीहरू सच्याएर अघि बढ्न तयार रहेको बताएका छन् ।
‘अहिले नेपालमा हामी एउटा महत्त्वपूर्ण समयमा अघि बढिरहेका छौँ’, उनले भने, ‘एकातिर नेपालमा स्थायी शान्ति चाहिएको छभने अर्कोतिर सदा–सदाका लागि आपसी द्वन्द्वको अन्त्य गरेर संघीय गणतान्त्रिक व्यवस्थालाई स्थायी रुपमा टुंगोमा पुर्याउनुपर्नेछ ।’
उनले भने, ‘अहिलेको संविधान हामी राजनीतिक पार्टीहरूले सहमतिबाट बनाएको हो । संविधानमा भएका कमीकमजोरीहरुलाई सच्याएर जाने ठाउँ छ, त्यसमाथि छलफल हुन सक्छ ।’
उनले अहिले राष्ट्रिय एकताका माध्यमबाट सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
‘अहिलेको महत्त्वपूर्ण कुरा राष्ट्र हो’, देउवाले भने, ‘राष्ट्रिय एकता हो, र राष्ट्रको सार्वभौमसत्ता हो ।’
कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत, वाग्मती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामा, केन्द्रीय सदस्य रामहरि खतिवडालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया