विश्वप्रकाशद्वारा गगनको आलोचना, देखियो टकराव, हतार गर्दा एक्लिन थाले गगन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री गगनकुमार थापासँग धेरै कुरा नमिल्ने गरेको स्ष्पट पारेका छन् ।
एउटा अनलाइनसँगको यूट्युब अन्तर्वार्तामा शर्माले थापाका धेरै कुराहरू आफूलाई चित्त नबुझेको बताए । उनले महामन्त्री थापाले हतारमा केही कुराहरू बोलिरहेको आरोप लगाए ।
महामन्त्री शर्माले भने, ‘कति वटा कुरामा गगन थापा र मेरो विचार मिल्दैन। कतिपय बेला उनी हतारिएर किन अहिल्यै बोलिहालेको भन्ने म सोच्छु । गगनलाई भन्छु पनि ।’
‘संसदीय दलको नेताको सन्दर्भमा, अहिले नै संसदीय दलको नेताबारे किन बोलिहाल्नुपर्यो’, शर्माले भने, ‘जुन दिन बदल्नुपर्छ, छापामार शैलीमा झ्याप्पै भ्याउने पो सोँच्नुपर्छ भनेर मैले भनुँला । उनले होइन भनेर जालान् ।’
‘दुई जनाले झगडा गरे भने तपाईंहरूको मिलन कहिले हुन्छ भन्ने हुन्छ’, उनले भने, ‘दुई जना मिलेका छन् भने होइन तपाईंहरूको कहाँ गएर टुंगिने हो भन्ने हुन्छ । के हो भने मुद्दामा मिलेको हो ।’
उनले भने, ‘कांग्रेसलाई रूपान्तरण गर्ने, समाजलाई नेतृत्व गर्न, व्यवस्थित बनाउने, लोकतन्त्रको समुन्नति गर्ने यो सबै कुरामा हामी दुई भाइको कुरा मिलेको हो ।’
‘यसको अर्थ हामीभित्र नमिलेका कुरा छैनन् भन्ने त हुँदै होइन नि । कति वटा कुरामा गगन थापा र मेरो विचार मिल्दैन’, महामन्त्री शर्माले भनेका छन् ।
उनले भने, ‘मैले गगनलाई भनेको तपाईंमार्फत् बाहिर भन्दैछु नि त । हरेक विषयको एउटा समय हुन्छ ।’
‘समयलाई ठीक ढंगले बुझेर डिल गरेर जानु राजनीतिक दलको नेतृत्वका लागि परिपक्व जिम्मेवारी हुन्छ भन्ने मैले सोचौंला’, उनले भनेका छन् ।
‘गगनलाई होइन यसको बारे त जनमत पनि बनाएर जानुपर्छ भन्ने लाग्ला । त्यसकारण पहिले बोलिहालौं भन्ने पनि होला’, शर्माले भने ।
‘सबै कुरा मिल्छ भन्ने हुँदैन । के हो भने म र गगन थापा दुईटै विद्यार्थी राजनीतिमा सँगै काम गरेको, केन्द्रीय कमिटीमा सँगै काम गरेको हो’, उनले भने ।
‘उमेरमा दुई–चार वर्ष म जेठो भएको नाताले मैले सकेसम्म सानो भएर, सुनेर, परिपक्व बनाएर जाने हो’, महामन्त्री शर्माले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया