राप्रपालाई सरकारमा ल्याउन शीर्ष तहमा वार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग वार्ता गरेका छन् ।
आइतबार बालुवाटारमा दाहालले अध्यक्ष लिङ्देनसँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । कोशीमा मात्रै होइन, सबैतिर सहकार्य गरौं भनेर दाहालले लिङ्देनलाई प्रस्ताव गरेको बुझिएको छ ।
केन्द्र सरकारमा तत्काल आउने गरी सोँच्न प्रधानमन्त्री दाहालले अध्यक्ष लिङ्देनको प्रस्ताव गरेका छन् ।
दाहालले राप्रपाका अध्यक्ष लिङ्देनसँग कोशीको मुख्यमन्त्रीमा आलोपालो गरौं र अरु प्रदेशमा पनि आउनुहोस् भनेर आग्रह गरेका छन् ।
अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको दाहालको प्रस्तावबारे सकारात्मक जवाफ दिएका छैनन् ।
कोशी प्रदेशमा राप्रपाको ६ सिट रहेको छ । राप्रपाका अध्यक्ष लिङदेनलाई प्रधानमन्त्री दाहाल र कांग्रेसका सभापति देउवाले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया