तीन शीर्ष नेताहरूबीच वार्ता, एमालेलाई मर्यादामा बस्न चेतावनी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।
आइतार बालुवाटारमा दाहालले देउवा र ओलीसँग भेटवार्ता गरेका हुन् । भेटमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त तथा संसद बैठक सुचारु गर्ने विषयमा छलफल भएको छ ।
एमालेले स–साना विषयलाई समेत लिएर संसदमा अबरोध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले एमालेका अध्यक्ष ओलीलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । एमालेले निकै हल्का ढंगले संसदमा आफ्नो प्रस्तुति गरिरहेको छ ।
ओलीले संवैधानिक परिषदको बैठक चाँडै राखेर प्रधानन्यायाधीशको सिफारिस गर्न आग्रह गरेको बुझिएको छ ।
दाहालले परिषदका अन्य सदस्यहरूसँग पारमर्श गरेर छिट्टै बैठक राख्ने प्रतिवद्धता गरेको पनि बताइएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यालय आगामी साता समाप्त हुँदैछ । प्रधानन्यायाधीशको कार्यकाल समाप्त हुनु एक महिनाअघि नै सिफारिस गर्न कानुनी व्यवस्था भएपछि संवैधानिक परिषदको बैठक नबस्दा सिफारिस हुन सकेको छैन ।
परिषदको सिफारिसपछि संसद संयुक्त सार्वजनिक सुनुवाई समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त गर्ने प्रावधान छ ।
संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाको उप सभामुख सदस्य हुन्छ ।
सुन तस्करीको छानबिनको माग गर्दै एमालेले ससद अवरुद्ध पार्दै आएको छ । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ ।
प्रधानमन्त्री दाहाल र सभापति देउवाले अध्यक्ष ओलीलाई प्रमुख प्रतिपक्ष दलको भूमिका र जिम्मेवारीका विषयमा पाठ पढाएका छन् । उनीहरूले ओलीलाई औकातमा बस्न समेत सचेत गराएको एक नेताले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया