सीआइबीद्वारा तीन जना पक्राउ, देशलाई खोक्रो बनाउने विभिन्न सामग्रीहरू बरामद

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको छ ।

कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भीमदत्त नगरपालिका–१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी नगरपालिका–७ घर भएका ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवा महेनद्रनगर घर भएका ४७ वर्षीय दीपकसिंह बोहरा रहेका छन् ।

गल्लीमा गैह्र–कानूनी रुपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई सोही गल्लीस्थित घरमा विगत ४ महिनादेखि कलबाइपास गरिरहेको अवस्थामा कल वाइपासमा प्रयोग भएका सामग्रीसहित पक्राउ गरेको जनाएको छ ।

ल्यापटप २ थान, मोनिटर, लाइन केबल २ थान, मोबाइल सेट ३ थान, यूपिएस र ब्याट्री लगातयका विभिन्न उपकरणसहित पक्राउ गरेको छ ।

उनीहरू उपर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महेन्द्रनगरबाट थप अनुसन्धान एवं आवश्यक कारबाहीको प्रकृया अगाडि बढाइएको छ ।

Published : Friday, 2023 July 28, 8:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया