अजयबाबुले कांग्रेसमा अहँकार र भडास पोखे, अटेर गरी जबरजस्ती बोले

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आफ्नो अहँकार र भडास पोखेका छन् ।

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै शिवाकोटीले पूर्वाग्रही भएर अभिव्यक्ति दिएका हुन् ।

शिवाकोटीले सभापति शेरबहादुर देउवामाथि निकै घोचपेच गरेका छन् । शिवाकोटी कांग्रेसका केन्द्रीय सदस्य हुन् । तर, उनले पत्रकारिताका बेला रिपोर्टिङ गर्दाका कुरालाई उठाएर सभापति देउवाविरुद्ध अभिव्यक्ति दिएका छन् ।

सभापति देउवाको मानमर्दन गरेपछि केन्द्रीय सदस्य शिवाकोटीको शिर गर्भले उँचो भएको भनेर व्याङ्गात्मक टिप्पणी भएका छन् ।

शिवाकोटीले लेखेर ल्याएको पत्र पढेर सुनाउँदै सबै दोषभरि सभापति देउवालाई लगाएका हुन् । शिवाकोटी पनि केन्द्रीय सदस्य हुन् । केन्द्रीय सदस्यको हैसियतमा उनले आफ्नो भागमा पर्ने दोष लिन तयार भएनन् ।

महामन्त्री गगनकुमार थापाको प्रशंसा गरेका शिवाकोटीले दिएका अभिव्यक्तिले कांग्रेसभित्र फुटको बीउ रोपेको छ । महामन्त्री थापाका गलत कुराका बारेमा केही बोलेनन् । थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकूलपति नियुक्तिका क्रममा भएको विवाद र आर्थिक लेनदेनका विषयमा एक शब्द बोलेनन् ।

तर, केन्द्रीय सदस्य शिवाकोटीले बालकृष्ण खाणलाई कारबाहीको माग गरे । उनले पटक पटक खाणको आलोचना गरेका थिए ।

केही केन्द्रीय सदस्यहरूको नाम नलिएर शिवाकोटीले व्यक्तिगत लाञ्छना लगाएका छन् । सभापति देउवाले बोल्न दिएको समयभन्दा धेरै समय जबरजस्ती बोलेका शिवाकोटीलाई रोक्नु परेको थियो । तैपनि अटेर गरेर शिवाकोटीले आफ्ना भडासहरू पोखेका थिए ।

शिवाकोटीले बैठकमा अनुशासन उल्लंघन गरेका थिए । उनले तोकिएको समयभन्दा धेरै समय बोलेर जबरजस्ती बोलेर आफ्नो गुण देखाएको चर्चा चलेको छ ।

महामन्त्री थापा निकट मानिने शिवाकोटीले पार्टीका नेताहरूविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।

Published : Thursday, 2023 July 20, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया