सकारात्मक कुरा गरौँ, कमिशनतन्त्र रोकौ, कांग्रेस हार्न सक्दैन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले कांग्रेसलाई कमजोर नठान्न सुझाव दिएका छन् ।
बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने सदस्यहरूले कांग्रेसले गरेका राम्रा कामलाई जनतासम्म पुर्याउनुपर्ने बताएका छन् । उनीहरूले २०६४ सालपछि मुलुकमा धेरै ठूलो परिवर्तन भएको बताएका छन् ।
जहिले पनि कांग्रेसका नेताहरूले नकारात्मक कुराबाट आफ्ना भनाइ राख्ने भएका कारण जनतामा पनि नकारात्मक कुराले बास गरेको बताएका छन् । कांग्रेसका नेताहरूले जहिले पनि सकारात्मक र जनतालाई गरेको कामका विषयमा जानकारी गराउनुपर्ने केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताएका छन् । चौधरीले मुलुकमा रहेको भ्रष्टाचार, कमिशन र न्यायालयभित्रको बिकृतिलाई अन्त्य गर्ने हो भने कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् ।
२०४६ पछि मुलुकमा कालोपत्रे भएको सडकको संख्या, विद्यालय, बैंक, प्रतिव्यक्ति आय, विजुलीको पहुँच आदिमा भएको विकासका बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् । बिहीबार बसेको बैठकमा ३५ जना केन्द्रीय सदस्यहरूले बोलेका छन् ।
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर के.सी., उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार के.सी., उमेश श्रेष्ठ, राजिवबिक्रम शाह, चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली, मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेका छन् ।
बैठकमा धारणा राख्ने क्रम जारी छ । कार्यसमितिको बैठक साउन ५ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुन: बस्नेछ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया