जितजंगद्वारा विद्वान–उत्तम–भुपेन्द्रको स्मरण, तरुणका नयाँ सदस्यहरूलाई स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले तरुण दलका केन्द्रीय सदस्यहरूलाई स्वागत र बधाइ दिएका छन् ।

बुधबार ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा पूर्वअध्यक्ष बस्नेतले तरुण दलका नवनियुक्त केन्द्रीय सदस्यहरूलाई बधाइ र कार्यकालको शुभकामना दिएका हुन् । कार्यक्रममा तरुण दलका अध्यक्ष विद्वान गुरुङको पनि उपस्थिति रहेको थियो ।

पूर्वअध्यक्ष तथा कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले तरुण दलका केन्द्रीय सदस्यहरूको हातमा कांग्रेसको भविष्य जोडिएको बताए । उनले कांग्रेसलाई बलियो बनाउने भनेको तरुणहरूले नै रहेको बताए ।

बस्नेतले कांग्रेसभित्र गुट रहेको विषयमा भने, ‘पार्टीभित्र बिचार समूह अर्थात गुट हुनु स्वभाविक हो । तर, कांग्रेसको संगठन बनाउने विषयमा गुटको कुरा गर्नु हुँदैन । पहिला कांग्रेस बलियो बनाउने अनि मात्रै गुटको कुरा गर्ने हो ।’

आफू अध्यक्ष रहेका बेला तत्कालीन उपाध्यक्ष उत्तम चापागाइँ, कोषाध्यक्ष विद्वान गुरुङ र महासचिव भुपेन्द्रजंग शाहीले सहयोग गरेको बताए । उनले भुपेन्द्रजंग शाहीसँग केही विषयमा नोकझोँक भए पनि तरुण दलको अध्यक्ष चलाउने क्रममा आफूलाई सहयोग भएको बताएका छन् ।

कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध तरुण दलका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2023 July 20, 12:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया