लुम्बिनी कांग्रेसका सभापति पुनद्वारा दीपेन्द्रलाई मन्त्रीमा रोक्न र पैसा उठाउन पाउनुपर्ने माग
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले आफूलाई पराजित गर्ने स्वतन्त्र सांसदलाई मन्त्री नबनाउन माग गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सानेपामा बुधबार बसेको बैठकमा बोल्दै सभापति पुनले स्वतन्त्र सांसद दीपेन्द्र पुनलाई मन्त्री नबनाउन माग गरे । उनले आफू रोल्पाको प्रदेश सभा क्षेत्र नं. १ बाट गठबन्धनबाट उम्मेदवार बनेर पराजित भएको बताए ।
माओवादीबाट विद्रोह गरेर स्वतन्त्रबाट प्रदेश सांसद जितेका दीपेन्द्र पुनलाई माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मन्त्री बनाउन लागेको भन्दै आक्रोश पोखे । उनले दीपेन्द्र पुनले स्वतन्त्रबाट जिते पनि अहिले आएर माओवादीमा प्रवेश गरेर मन्त्री बन्न लागेको गुनासो गरे ।
रोल्पाको प्रदेश सभा क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका थिए । दीपेन्द्रले नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई पराजित गरेका थिए ।
माओवादी केन्द्रले टिकट नदिएपछि बागी उम्मेदवार बनेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंह पुनले १० हजार ४०६ मत प्राप्त गरेका थिए ।
माओवादी सशस्त्र द्वन्द्वमा सुरुदेखि नै आवद्ध भएका दीपेन्द्र घाइते समेत हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेशसभा १ नेपाली कांग्रेसलाई दिएपछि दीपेन्द्रले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
लुम्बिनी कांग्रेसका सभापति पुनले लेबीको पैसा उठाउन पाउनुपर्ने बताएका छन् । उनले क्रियाशील सदस्यताको पैसा आफूले अहिलेसम्म नपाएको भनेर गुनासो गरेका छन् ।
आर्थिक मामिलामा निकै कमजोर मानिने सभापति पुनले लुम्बिनीमा पार्टी चलाउन निकै समस्या भएको गुनासो गरेका छन् । उनले लेबी उठाउन पार्टी नेतृत्वले स्पष्ट निर्देशन दिनुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया