के कुरा भएको थियो डा.आरजु राणा र अजय शिवाकोटीबीच ? किन बटारियो कुरा ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणाले आफ्नाविरुद्ध जे पायो त्यही बोल्ने भनेर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रश्न गरेकी छिन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकका क्रममा नेतृ डा.राणाले शिवाकोटीसँग ‘जे पायो त्यही बोल्ने’ भनेर प्रश्न गरेकी थिइन् ।
नेतृ डा.राणाले प्रश्न गरेपछि शिवाकोटीले ‘मैले केही बोलेको छैन’ भनेका थिए । त्यसपछि नेतृ डा.राणाले ‘मैले तपाईले बोलेको कुरा देखाउँछु’ भनेकी थिइन् ।
तर, केन्द्रीय सदस्य शिवाकोटीले आफूलाई केन्द्रीय सदस्य डा.राणाले धम्की दिएको भनेर समाचार लेखाएको चर्चा छ । शिवाकोटीले डा.राणाविरुद्ध टेलिभिजन अन्तर्वार्तामा जथाभावी बोलेका थिए । त्यही विषयमा जिज्ञासा राखिएको विषयलाई शिवाकोटीले तोडमरोड गरेका छन् ।
केही दिन अगाडि पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा शिवाकोटीले डा.राणालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा घुमाउरो भाषामा मुछेर दोषी देखाउन खोजेका थिए । सोही विषयमा नेतृ डा.राणाले नेता शिवाकोटीलाई बोलाएर सोधेकी थिइन् ।
तर, शिवाकोटीले त्यो विषयलाई तोडमोड गरेर केही अनलाइन सञ्चारमाध्यममा नेतृ डा.राणाका विरुद्ध समारचा लेखाएको आरोप लागेको छ ।
नेतृ डा.राणा र नेता शिवाकोटीबीच भएको कुराकानीलाई समाचारमा ट्वीस्ट गरेर बाहिर ल्याइएको छ ।
डा.आरजु देउवा निर्दोष भनेर आयो नि ? भन्ने ऋषि धमलाको प्रश्नको जिज्ञासामा केन्द्रीय सदस्य शिवाकोटीले भनेका छन्, ‘कसले भन्यो ? निर्दोष भनेर आएको कुरा आफ्नो ठाउँमा छ । दोषी भनेर नआएको पनि आफ्नो ठाउँमा छ । यसमा दोषी भनेर कसैले करार गरेको अवस्था होइन । निर्दोष भनेर कसैले नाम पोलिरहेको छ । नाम पोल्नेवित्तिकै आजै मात्र गृहमन्त्रीको कुरा सुन्नु भयो होला ।’
‘युवा संघको साथीहरू त्यहाँ पुगेका रहेछन् । कसैले नाम पोल्नेवित्तिकै, त्यो त अनुसन्धानको क्रममा भएको कुरालाई हामीले टाङ अड्याएर अफ्ठ्यारो बनाउने कुरा त भएन नि !’, उनले भनेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विशेष गरेर एउटा सानो समूह अर्को समूहको चरित्र हत्या गरेर बदला लिने मुडमा छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रहरी प्रमुख (एसएसपी) डा.मनोज केसी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) श्यामलाल ज्ञवाली तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठहरू कांग्रेसका केही नेताहरूको चरित्र हत्या गरेर स्वार्थ लिन खोजी रहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आरोपीलाई पक्राउ गरिसकेको छ । तैपनि कांग्रेसभित्रकै एउटा भूमिगत गिरोह अहिले पनि त्यो विषयमा अर्को समूहको बद्नाम गरेर स्वार्थ लिन खोजी रहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया