ठमेलमा अञ्जाम गरेर पोखरा भागेका गुण्डाहरू पक्राउ, प्रहरीले लगाइदियो सुराकी

काठमाडौं । काठमाडौंको ठमेलमा कुटपिट गरि फरार भएका गुण्डाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित ‘ओमनिया’ क्लबमा असारको पहिलो हप्ता युवाराज गुरुङ ‘सानुभाइ’को समूहले कुटपिट गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

क्लवका सञ्चालक राजेन्द्र गुरुङको उजुरीपछि काठमाडौं प्रहरीले सानुभाइसहितको समूहलाई पक्राउ गरेको हो । राजेन्द्र गुरुङले आफूलाई सानुभाइ र उनको समूहले आक्रमण गरेर कुटपिट गरेको आरोपसहित जाहेरी दिएका छन् ।

‘सानुभाइ भनिने युवराज गुरुङ समेतका समूह गएकोमा उक्त क्लवमा आएका सेवाग्राहीसँग वादविवाद भई झै–झगडा भएकोमा सो क्लवका संचालकले सानुभाराति क्लवको सोफामा लुकी बसेको लगायतको विवरण भन्दै हिँडेको भनि सानुभाइ समेतको टोलीले मिति २०८०/३/१५ गते राति २ बजेको समयमा उक्त क्लवका संचालक राजेन्द्र गुरुङ तथा सुरक्षामा खटिएका कर्मचारीहरूमाथि कुटपिट गरि फरार रहेकोमा यस जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले खोजतलास गर्ने क्रममा मिति २०८०/३/२९ गते अन्दाजी ९:३० बजे काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिईएको छ’, विज्ञप्तिमा भनिएको छ ।

पक्राउ पर्नेमा नवाकोटको ककनी–५ घर भई हाल काठमाडौंको गंगवु बस्ने वर्ष ३३ को सानुभाई भन्ने युवराज गुरुङ रहेका छन् ।

काठमाडौंको टोखा नगरपालिका– १० घर भई हाल मनमैजु बस्ने वर्ष ३३ को बिक्रम अधिकारी, तनहुँको व्यास नगरपालिका– २ घर भई हाल काठमाडौंमा बस्ने वर्ष ३२ को सुवास कायस्थलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताएका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका– २ घर भई काठमाडौं बस्ने वर्ष ३२ को सुरज कायस्थ, नुवाकोटको पञ्चकन्या गाउँपालिका– ५ घर भई हाल गोंगबु वस्ने वर्ष २९ को कमल तामाङ र नवाकोटको ककनी– ५ घर भई गोंगबु वस्ने वर्ष ३५ को निरज गुरुङलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताए ।

सो वारदातमा संलग्न रधु तामाङ, विनोद तामाङलाई वारदात पश्चात तत्कालै तथा शेरलाल पौडेललाई असार २३ गते पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भइरहेको एसएसपी कार्कीले बताएका छन् ।

ठमेलमा कुटपिटको घटना गराएर भागेका सानभाइसहितका टोले गुण्डाहरू घटना हुनेवित्तिकै पोखरा भागेका थिए । काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गर्न विशेष टोली नै परिचालन गरेको थियो । एसएसपी कार्कीले फरार भएका गुण्डाहरूलाई पक्राउ गर्न विशेष टोलीका साथै उनीहरूको गतिविधि निगरानी गर्न सुराकी खटाइदिएका थिए ।

सानुभाइ भनिने युवराज गुरुङ र क्लवका सञ्चालक राजेन्द्र गुरुङ निकटका साथी हुन् । विगतमा उनीहरूले पार्टरमा व्यापार पनि गरेका थिए । अचानक उनीहरूका बीच कसरी कुटाकुटको अवस्था सिर्जना भयो रहस्यको विषय बनेको छ ।

क्लवका मालिक राजेन्द्र गुरुङ निकै चलाख छन् । राजेन्द्र गुरुङले नै उकासेर सानोभाइ उर्फ युवराज गुरुङलाई हातहाल्ने अवस्था सिर्जना गराएको चर्चा छ । क्लवका सञ्चालक राजेन्द्र गुरुङ पनि गतिला मान्छे होइनन् ।

Published : Monday, 2023 July 17, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया