बबाल काण्ड गरेपछि एमालेका नेता तथा पूर्वमन्त्री पक्राउ
काठमाडौं । प्रहरीले एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादवलाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बैंकिङ कसूर गरेको आरोपमा यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरतबहादुर बिकले बताएका छन् ।
माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपियाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहेका यादवमाथि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
एसपी बिकका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई रुपन्देही ल्याइएको छ ।
२०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’ बाट जसपाबाट निर्वाचित यादव लुम्बिनी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए ।
पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही समेत गरेको थियो । जसपाको कारबाहीपछि यादव एमालेमा प्रवेश गरेका थिए ।
प्रदेशसभा चुनावमा उनी आफ्नै क्षेत्रमा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया