सोविता गौतमले प्रदीपको धज्जी उडाइन्, कमाउ धन्दाको कर्तुतहरू बाहिर ल्याइन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नेपाल नागरिक उड्डयन प्राधिरणको नेतृ असरक्षम र निकम्मा भएकै कारण हवाइ दुर्घटना बढेको आरोप लगाएकी छिन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद गौतमले प्राधिकरणलाई दुई टुक्रा बनाउन माग गरेकी छिन् । ‘नेपालमा एउटा पृथक, विशिष्टीकृट नियामक निकाय चाहिएको छ’, उनले भनेकी छिन्, ‘राष्ट्रय स्वतन्त्र पार्टीले सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै भनेर स्पष्ट माग राख्दै आएको छ ।’

‘हामी कहाँ चाहिँ नियामक निकाय अर्थात नेपाल नागरिक उड्डयन प्राधिकरण ठूला–ठूला प्रोजेक्ट बनाउन, ठूला–ठूला टर्मिनल भवन बनाउन, विमानस्थल सञ्चालन व्यवसाय गर्नमा केन्द्रित भएको देखिन्छ । यही नै हो कन्फिक्ट अफ इन्ट्रेष्ट भनेको’, उनले भनेकी छिन् ।

प्राधिकरणको नेतृत्व कमाउ धन्दामा लागेको भनेर सांसद गौतमले आपत्ति जनाएकी छिन् । प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारी छन् । अधिकारीले हवाइ सुरक्षाभन्दा पनि ठूला प्रोजेक्ट बनाउन काम गरिरहेका छन् । आफूभन्दा सिनियर कर्मचारीलाई हटाएर अधिकारी महानिर्देशक बनेर आएका हुन् ।

उनले भनेकी छिन्, ‘जेठ १७, २०७९ मा तारा एयरको जहाज मुस्ताङमा दुर्घटना २२ जनको मृत्यु । माघ १, २०७९ मा यती एयरको जहाज पोखरामा दुर्घटना ७२ जनाको मृत्यु । चैत २५, २०७९ मा एयर डाइनेष्टीका हेलिकप्टर दुर्घटना । चैत २६, २०७९ मा एभरेष्ट हेलिकप्टर अन्नपूर्ण बेसक्याम्पमा दुर्घटना । वैशाख २२, २०८० मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु, ४ जना घाइते । सोलुखुम्बुको लिखु, पिकेमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जना विदेशी नागरिकसहित ६ जनाको मृत्यु भएको छ ।’

सांसद गौतमले भनेकी छिन्, ‘यी समाचारहरू धेरै संख्यामा सुन्नमा आएका हवाइ क्षेत्रका गम्भीर उदाहरण हुन् । संसारमा यातायातका साधनहरूमध्ये सबैभन्दा सुरक्षित मानिने हवाइ यातायात सबैभन्दा असुरक्षित मानिएको छ ।’

‘उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ । यो नियामकीय असक्षमता र टोटल रेगुलेटियर फेलियर हो’, उनले भनेकी छिन्, ‘यात्रा गर्ने यात्रुले राज्य छ, हामी यात्रा गर्दा सुरक्षित छौँ भन्ने आश्वस्त भएर यात्रा गरेको हुन्छ ।’

‘चालक वा एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन । यदि त्यस्तो हुने हो भने अन्यत्र पनि जहाज खसेको खसै हुन्थ्यो होला नि ! तर, एयरलाइन्सले जवाफ दिने भएदेखि यो नियामक निकाय किन चाहियो ? म मन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु’, सांसद गौतमले भनेकी छिन् ।

‘उडान सुरक्षामा कन्टीन्युअस सेफ्टी ओभरसाइट चाहिने भनेकै यसैको लागि हो । विश्वका अन्य देशमा नियामक निकायको प्रमुख उदेश्य भनेकै सुरक्षाको सुनिश्चिता गर्नु हो’, उनले भनेकी छिन् ।

Published : Sunday, 2023 July 16, 3:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया