तोसिमा कार्कीका पीएले गाउँपालिका र संसद सचिवालयमा भ्वाङ् पारे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीका स्वकीय सचिव (पीए) श्रीकान्त रानाले दोहोरो तलब, भत्ताको सुविधा लिएको आरोप लागेको छ ।

राना डिलासैनी गाउँपालिकाको सदभावनादूतका रुपमा नियुक्ति लिएका छन् । रानाले सांसद तोसिमा कार्कीको पीएका रुपमा तलब र भत्ता लिइरहेका छन् । गाउँपालिकाबाट सदभावनादूतको रुपमा तलब भत्ता लिएको आरोप छ ।

रास्वपाकी सांसद तोसिमा कार्की विवादमा आइरहने नेता हुन् । उनकै पीएरले राज्यको दोहोरो सुविधा लिँदा पनि रास्वापाका कार्यकर्ताहरू चुपचाप बसेका छन् ।

रानाको स्थायी ठेगाना बैतडी जिल्लामा पर्छ । रानाले करिब ४/५ महिना अघि डिलासैनी गाउँपालिकामा राजनैतिक नियुक्ति लिएको खुलेको छ ।

अहिले सो विषयलाई लिएर पीए रानाको व्यापक आलोचना भैरहेको छ । तोसिमा कार्कीका पीए रानाले जनप्रतिनिधि र कर्मचारीको चाकडी गरेर दोहोरो सुविधा लिएको आरोप छ ।

गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले रानाको विषयलाई स्वभाविक लिनुपर्ने बताएका छन् । जोशीले समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सदभाव कायम गर्नका लागि नियुक्ति दिइएको बताएका छन् ।

उनीहरुको सेवा सुविधाका सन्दर्भमा भने एउटा कार्यविधि बनाएर सोही अनुसार (भत्ता) दिने गरेको गाउँपालिकाका अध्यक्ष जोशीले बताएका छन् ।

तोसिमा कार्कीका पीए रानाले काठमाडौंमा बसेर डिलासैना गाउँपालिकाको १५ हजार मासिक बुझिरहेका छन् ।

राज्यकोषबाट दोहोरो सुविधा लिन पाइँदैन । रानाले सांसद तोसिमा कार्कीको सचिवालयको पूरा तलब भत्ता पनि लिँदै आएका छन् ।

रानाको विषयलाई लिएर डिलाशैनीका कर्मचारीहरूले विरोध गरिहरेका छन् । सांसद तोसिमा कार्कीका पीए रानाले संसद सचिवालय र गाउँपालिकाको दोहोरो सुविधा लिएर राज्य कोषमा भ्वाङ पारेको आरोप लागेको छ ।

Published : Sunday, 2023 July 16, 3:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया