सर्वोच्चको शक्तिशाली आदेश, ओभर हुन खाेज्दा गृहमन्त्री र सीआइबीलाई झट्का

काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न शक्तिशाली आदेश दिएको छ ।

बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

ललिता निवास जग्गा प्रकरणको सरकारी कागजात कीर्ते मुद्दाको अनुसनधानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिनअघि सचिव राउतलाई नियन्त्रणमा लिएको थियो ।

सिआइबीले गैरकानूनी थुनामा राखेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले २४ घण्टाभित्र लिखित जावफसहित व्यक्तिलाई नै अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

सर्वोच्चले आदेशमा भनेकाे छ, ‘बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो ? सो को आधार र कारणसहित २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालय मार्फत् लिखित जवाफ पेश गर्नु ।´

गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा बालुवाटार जग्गा प्रकरणमा मानिसहरू सीआइबीले जथाभावी पक्राउ गरेकाे गुनासाे आएका बेला सर्वोच्चको आदेशले झट्का दिएकाे छ ।

Published : Thursday, 2023 July 13, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया