प्रधानमन्त्रीका लागि कांग्रेसले निकै उच्च संस्कार देखायो
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ ।
कांग्रेसको बैठक साउनको २ गते दिउँसो १ बजे बस्नेछ । बैठकमा मुलुकको पछिल्लो अवस्था, सरकारको कामकारबाही, संगठन निर्माण लगायतमा छलफल हुनेछ ।
बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएको बैठक विशेष कारण साउन २ गतेसम्म सारिएको थियो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको बुधबार बिहान निधन भएपछि कांग्रेसले आफ्नो बैठक सारेको छ ।
प्रधानमन्त्री दाहाललाई शोक पर्दा कांग्रेसले पनि मानवीयता र राजनीतिक संस्कारअनुसार बुधबारको नियमित बैठक रोकेको छ ।
यसअघि, बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा थापाथलीस्थित अस्पतालमा पुगेर सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । प्रधानमन्त्री दाहाललाई भेटेर सान्त्वना दिएका थिए । सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.आरजु राणा पनि गएकी थिइन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया