वीरका चिकित्सकहरूको पैसा कमाउने धन्दाको सूची बिग्रिएपछि अराजक शैलीमा दिए अल्टिमेटम

काठमाडौं । वीर अस्पतालभन्दा बाहिरको खेतीपाती बन्द हुने भएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्का) अवासीय चिकित्सकहरूले आन्दोलनको चेतावनी दिएको छ ।

आवासीय चिकित्सकहरूको भेलापछि मंगलबार रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा.शेषराज घिमिरे र सचिव डा.पुष्पराज ज्ञवालीले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरूले २० बुँदे माग राखेर न्याम्स अर्थात वीर अस्पतालाई अफ्ठ्यारो बनाएका छन् । वीर अस्पतालमा निकै ठूलो राजनीति छ ।

एसोसिएसनले माग पूरा गर्न ७२ घण्टाको अल्टिमेटम दिएको छ । मागहरू सम्बोधन नभए वीर अस्पतालले साउनदेखि बिहान ८ बजेदेखि संचालनमा ल्याउन लागेको ओपीडीसेवामा काम नगर्ने चेतावनी आवासी चिकित्सकहरूले दिइएका छन् ।

भत्ता, बिदा, कक्षा संचालन, बीमा, पुस्तकालय लगायतसम्बन्धी व्यक्तिगत मागहरू राखिएका छन् । मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए कडा विरोधका कार्यक्रम सञ्चालनले गर्ने एसोसिएसनको चेतावनी छ ।

न्याम्सले वीर अस्पतालको सेवा बिहान ८ बजेदेखि शुरु गरेर अपरान्ह ४ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेका थियो । बिहान ८ बजेदेखि चिकित्सकहरूले वीर अस्पतालमा काम गर्नुपर्ने भएपछि निजी अस्पताल र स्वास्थ्य संस्थाहरूमा काम गर्दै आएका चिकित्सक तथा कर्मचारीहरूको तालिका बिग्रिएपछि विभिन्न व्यक्तिगत माग राखेर आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिव जनतालाई उपचारमा सर्वसुलभ सेवा दिन प्रयासहरू गरिरहेका बेला वीर अस्पतालमा जागिर खाएर निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरूले आन्दोलन गरी असहयोग शुरु गरेका छन् ।

वीरसहितका सरकारी अस्पतालहरूका चिकित्सक र कर्मचारीले राम्रोसँग बिरामीको उपचार नगरेको गुनासा आइरहेका छन् । बिरामीको उपचारका विषयमा २० बुँदामा कुरै नउठाएका चिकित्सकहरूले ७२ घण्टाको अल्टिमेटम दिएर राजनीति गर्न खोजेका छन् ।

न्याम्सले वीरमा काम गरेर बचेको समयमा निजी अस्पताल र स्वास्थ्य संस्थामा काम गर्न कुनै अबरोध लगाएको छैन । तैपनि बिहानको आवासीय चिकित्सकहरूलाई न्याम्सको निर्णय मन परेको छैन । किन भने उनीहरूको कार्यतालिका अर्थात सूची भत्किएको छ ।

Published : Tuesday, 2023 July 11, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया