धेरै बोल्दैनन् सभापति देउवा, राजनीतिक संस्कार देखाउन पनि चुक्दैनन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकका विषयमा केही नेताहरूसँग परामर्श गरेका छन् ।

मंगलबार सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा केन्द्रीय कार्यसमिति बैठकका विषयमा अनौपचारिक छलफल गरेका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार सानेपामा बस्नेछ । लामो समयपछि बस्न लागेको बैठकमा कसरी जाने भनेर देउवाले छलफल गरेका छन् ।

सभापति देउवाले बैठकका एजेण्डा र सञ्चालनबारे बुधबार बिहान पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलका लागि आफ्नै निवासमा बोलाएका छन् ।

सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकका औपचारिक एजेण्डा तय भइनसकेको भए पनि समसामयिक राजनीतिसँगै पार्टीको सरोकारका विविध विषयमा छलफल हुने बताए ।

उनले भने, ‘औपचारिक एजेण्डा तय भइसकेको छैन । मूलत: समसामयिक राजनीतिका विषयहरूमै बैठक केन्द्रित हुन्छ ।’

‘बैठकमा आमनिर्वाचनको समीक्षा हुन्छ’, विश्वकर्माले भने, ‘पार्टीको संगठन सुदृढीकरण, सदस्यता वितरण, भ्रातृ तथा शुभेच्छुक संस्थाको विस्तार र अनुशासनको कारबाहीका विषयमा छलफल हुन्छ ।’

केन्द्रीय कार्यसमितिले पार्टीको नीति महाधिवेशनको मिति तय गर्ने सम्भावना छ ।

सभापति देउवा अरु नेताहरू जस्तो जथाभावी बोल्दैनन् । कांग्रेसलाई कुन समयमा के गर्ने भन्ने कुरा राम्रोसँग जानेका अनुभवी देउवाले पार्टीलाई नोक्सानी हुने कार्य कहिल्यै गरेका छैनन् ।

तर, केही नेताहरूले सभापति देउवाविरुद्ध जथाभावी बोलेर तल्लोस्तरको गतिवधि गरेपछि कांग्रेसविरुद्ध लाग्ने घण्टी कांग्रेसलाई चिन्नुपर्ने कुरा सामाजिक सञ्जालमा उठ्ने गरेका छन् ।

Published : Tuesday, 2023 July 11, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया