प्रधानमन्त्री दाहालले एउटा मन्त्री फाल्ने पक्का, को हुनेछन् नयाँ मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहपछि जनमत पार्टीले सरकारमा जाने पक्का भएको छ ।

जनमत पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री दाहालसमक्ष सिफारिस गरेको छ ।

पार्टीका तर्फबाट अनितादेवी साहको नाम प्रधानमन्त्री दाहाललाई बुझाएको बुझिएको छ । जनमत पार्टीले कुन मन्त्रालय पाउने हो केही भनिएको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिने तयारी गरेका छन् । जनमत पार्टीले विकासे मन्त्रालय खोजेको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतसँग प्रधानमन्त्री दाहालले पटक पटक भेट गरेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

जनमत पार्टीलाई मन्त्रालय दिने भएपछि माओवादी केन्द्रका एकजना मन्त्री फाल्नुपर्ने हुन्छ । जनमतले एक राज्यमन्त्री पनि दाबी गरिरहेको छ ।

Published : Tuesday, 2023 July 11, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया