‘हुतिहारा’ सरकार छानविन समिति होइन पहिला प्रदीपलाई निलम्बन गर !

काठमाडौं । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति बनाउने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलटसहित त्यसमा सवार ६ जनाको मृत्यु भएको थियो । मृत्यु भएका सबैको शव काठमाडौं ल्याइएको छ । शवको पोष्टमार्टपछि आफन्तलाई हस्तान्तरण गरिनेछ ।

यसअघि, जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाउने बताएका थिए ।

किराँतीले भने, ‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौं, हाम्रो पहिलो शर्त सुरक्षा हो ।’

‘हामी छलफल बहसमा नै छौं, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौं’, मन्त्री किराँतीले भने, ‘अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौं ।’

उनले नेपाली आकाशलाई सुरक्षित बनाउने प्रयासमा सरकार निरन्तर काम गरिरहेको समेत बताएका छन् ।

सरकारले हेलिकप्टर दुर्घटना भएको विषयमा छानविन गर्न समिति बनाएर आफ्नो जिम्मेवारी पूरा गरेको छ । तर, हवाइ सुरक्षाको जिम्मेवारी लिएर बसेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुर्घटनाको दायित्व लिनुपर्छ कि पर्दैन ? अधिकारी प्राधिकरणको महानिर्देशक भएपछि नेपाली आकाशमा ठूला दुर्घटना भइसकेका छन् । यस्तो अवस्थामा अधिकारीलाई निलम्बन गरेर सरकारले छानविन गर्नुपर्छ ।

पर्यटनमन्त्री किराँतीले हवाइ सुरक्षालाई लिएर महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण दिन अस्वीकार गरेर दोस्रो पटक जवाफ दिएका अधिकारीलाई सरकारले निलम्बन गरेर हेलिकप्टर दुर्घटनाबारे छानविन गनुर्पछ भन्ने माग उठेका छन् ।

कारबाहीबाट बच्न माओवादी केन्द्र निकटका कर्मचारी संगठनहरूलाई प्रयोग गरेर महानिर्देशक अधिकारीले दोस्रो पटक स्पष्टीकरणको जवाफ दिएको आरोप छ । मन्त्री किराँतीलाई नै फाल्छु भनेर लागेका अधिकारीले अब के कदम उठाउँछन् हेर्न बाँकी छ । अधिकारीलाई महानिर्देशक पदमा बचाउन प्रधानमन्त्री प्रचण्ड नै लागेको आरोप छ । प्रचण्डले महानिर्देशक अधिकारीमा के त्यस्तो क्षमता देखेका छन् प्रश्न उठेको छ ।

महानिर्देशक अधिकारीलाई बचाउन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे निर्माणको ठेक्का पाएको आशिष चम्पादेवी बुद्ध जेभी ठेकेदार कम्पनीले करोडौँ रुपियाँ खर्च गरेको भनेर प्राधिकरणभित्र निकै ठूलो हल्लाखल्ला छ । मन्त्री किराँतीलाई फाल्नका लागि भनेर १५ करोड जम्मा गरेर राखेको छु भन्दै महानिर्देशक अधिकारी बरबराउने गरेको चर्चा पनि प्राधिकरणभित्र छ ।

Published : Tuesday, 2023 July 11, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया