मनाङको हेलिकप्टर दुर्घटना, प्रदीपलाई निलम्बन गर्ने शक्ति प्रचण्ड र किराँतीसँग छ ?
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
मंगलबार सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको वडा नं. ५ लामजुरा नजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ ।
सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी (एएस५०) कलसाइन रहेको हेलिकप्टर लामजुरा क्षेत्रमा दुर्घटना भएको थियो ।
क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले विज्ञप्तिमार्फत ५ जनाको शव भेटिएको बताएका छन् । तिवारीले एउटा शवको खोजी र उद्धारको कार्य भइरहेको जनाएका छन् । प्रहरीले भने ६ जनाके मृत्यु भएको जनाएको छ ।
मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको बताएका छन् । खराब मौसमका कारण हेलिकप्टर तल लिखुपिके गाउँपालिका वडा नम्बर ५ मा अवतरण गरिएको छ ।
दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ । खराब मौसमका अनुसार शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताएका छन् ।
उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि लिखुपिके गाउँपालिका–५ मा अवतरण गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जिल्ला सदरमुकाम सल्लेरीबाट नेपाल प्रहरी र नेपाली सेनाबाट थप २१ जना गाडीबाट दुर्घटनास्थल पठाइएको बताए ।
हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताएका छन् ।
हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको मनाङको हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किराँतीले हवाइ सुरक्षालाई लिएर स्पष्टीकरण सोधेका बेला मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।
अधिकारी प्राधिकरणको महानिर्देशक भएर आएपछि ठूला ठूला हवाइ दुघटना भइसकेका छन् । तर, सरकारले अधिकारीलाई कारबाही गर्न सकेको छैन । स्पष्टीकरणको जवाफ दिन पनि महानिर्देशक अधिकारीले निकै अटेर गरिरहेका छन् ।
पहिलो पटक सोधिएको स्पष्टीकरणको जवाफ अधिकारीले दिएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणको जवाफ दिएका थिए ।
हेलिकप्टर दुर्घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पर्यटनमन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई निलम्बन गरेर छानविन गर्नुपर्छ ।
हेलिकप्टर दुर्घटना सामान्य घटना होइन । नेपाली आकाश निकै असुरक्षित भएको गुनासा आइरहेका बेला हेलिकप्टर दुर्घटना भएको छ ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया