डा.कोइरालाले गगनको जस्तो हल्क र निच टिप्पणी गरेनन्
काठमाडौं । नेपाली कांग्रेस सांसद तथा केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाका बारेमा महाधिवेशनसम्म कुर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग नयाँ बानेश्वरमा कुरा गर्दै डा.कोइरालाले सभापति देउवाको पार्टीगत कामकारबाहीमा कमजोरी भएपछि कार्यकाल पूरा नहुन्जेल कुर्नको विकल्प नरेको बताए ।
सभपाति देउवाको कमजोरी भए पनि अधिवेशनबाट नै सभापति बनाएको भन्दै डा.कोइरालाले कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको बताएका हुन् ।
पार्टी सभापतिले गरेका कामकारबाही चित्तबुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको डा.कोइरालाले बताएका छन् ।
उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ । विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यक्रम धेरै राम्रो गर्नुभएन भनेर जुन टिकाटिप्पणी आइरहेका छन्, गगन थापालगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो ।’
डा.कोइरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुनेसमेत बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया