अमरेश सिंहको ‘गुण्डागर्दी’विरुद्ध फरियाद लिएर न्यायालय पुगिन् डा.आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य डा.आरजु राणाले सांसद अमरेशकुमार सिंहविरुद्ध आफूले मानहानिको मुद्दा दर्ता गराएको भन्दै आरोपहरू पुष्टि गर्न चुनौति दिएकी छिन् ।
संसद भवन नयाँ बानेश्वरमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै डा.राणाले आफूमाथि लगाइएको आरोपहरू पुष्टि गर्न सांसद सिंहलाई चुनौति दिएकी हुन् ।
उनले भनेकी छिन्, ‘नखाएको बिस लाग्दैन साथी हो ! अमरेशजीलाई के के भन्न मन लाग्छ ? अहिले पनि के के बडबडाउन लागेका छन् ।’
‘अहिले आएर जसलाई पनि जे भन्न पनि पाइन्न । नियम, कानून छ’, डा.राणाले भनेकी छिन्, ‘नियम कानूनअनुसार मैले मानहानीको मुद्दा दर्ता गरेको छु ।’
‘उस (अमरेश सिंह)ले मलाई लगाएको आरोपहरू प्रुफ गरेर देखाओस् । देखायो भने ठीक छ’, कांग्रेस नेतृ डा.राणाले भनेकी छिन् ।
सांसद सिंहले डा.राणाविरुद्ध लगाएका निकै तल्लोस्तरको आरोपहरू पुष्टि हुन सकेन भने कठोर साजय हुनेछ । डा.राणासहित विभिन्न नेताहरूविरुद्ध जथाभावी बोल्दै आएका सिंहलाई कांग्रेसले टिकट नदिएको रिस छ । त्यो रिस पोख्ने गरेका छन् । सिंहको हर्कतविरुद्ध अदालतमा मानहानी मुद्दा परेको छ । अब सिंहलाई जरिवाना र लेजको सजायसम्म हुन सक्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया