हारेको ६ महिनाभित्र आफै दलको नेता बन्न रहर गरेपछि गगनलाई गुटभित्रबाट घात, प्रदीपद्वारा अस्वीकार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता आफै बन्ने वा अरुलाई बनाउने भन्ने अभिव्यक्तिप्रति असहमति जनाएका छन् ।
महामन्त्री थापा निकट मानिने एउटा एफएम रेडियोसँग सोमबार बिहान अन्तर्वार्ताका क्रममा नेता पौडेलले संसदीय दलको नेता परिवर्तन गर्ने कुरामा असहमित जनाएका हुन् । उनले नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।
शनिबार महामन्त्री थापा र नेता पौडेल सहभागी एउटा कार्यक्रममा थापाले संसदीय दलको नेताबाट देउवालाई हटाउन आफू लागेको र आफू बन्न नसके अरुलाई बनाउने बताएका थिए ।
नेता पौडेलले भने, ‘अहिले त्यो (संसदीय दलको नेता) परिवर्तन गर्ने भनेर हामीले त्यस्तो प्रक्रिया शुरु गरेको अवस्था होइन । अहिले हामी छलफल कै क्रममा धेरै विषयहरूमा छलफल गर्ने गरी बैठकका क्रममा प्रस्तुत हुनेछौँ ।’
‘नेतृत्व परिवर्तन गर्ने, नेतृत्व सच्चिने, सरकारको प्रफर्मेशन भएन त्यो बढाउने लगायतका थुप्रै आन्तरिक विषयहरू, विधानका विषयहरू, आन्तरिक व्यवस्थापनका विषयहरू, राष्ट्रिय मुद्दाहरूलाई हेर्ने दृष्टीकोणको सन्दर्भ, हाम्रो कार्यशैली परिवर्तन गर्ने लगायतका यी तमाम विषयहरूका बारेमा केन्द्रीय कार्यसमितिमा छलफल हुन्छ’, पौडेलले भनेका छन् ।
‘अहिले हामीले संसदीय दलको नेता परिवर्तन गर्ने भनेर केही गरिसकेको छैन’, पौडेलले भने, ‘धेरै नमिलेका नेतृत्व विकासका विषयहरू छन् त्यसको बारेमा हामीले कुरा उठाउने छौँ । छलफल गर्नेछौँ ।’
उनले भने, ‘नेपाली कांग्रेसले आफूलाई रुपान्तरणको प्रक्रियामा लिएर जान खोजेको नेतृत्व दिने गरेर हामीले निर्णय गर्न सक्नुपर्छ ।’
‘त्यस्ता खालका निर्णय हुन्छन् कि हुँदैनन् ? त्यसलाई कसरी लिइन्छ ? त्यहाँभित्र सभापति, अन्य साथीहरूले ती विषयहरूलाई कसरी सोँच्नु हुन्छ ? कसरी प्रश्न उठाउने ? कसरी डिफेन्स गर्ने ? मात्रै भयो भने मात्र त्यसको अर्थ हुँदैन’, नेता पौडेलले प्रश्न गर्दै भनेका छन् ।
‘आजका दिनमा हामीले सुधार गर्नुपर्ने विषयमा सबैले महशुस गरेर अगाडि जान खोज्यौँ भने सहज हुन्छ’, पौडेलले भने, ‘त्यस्ता गर्न सकेनौँ भने अन्तरविरोध अझै बढ्ने हुन सक्छ । यी सबै विषयमा छलफल गर्ने फोरम भनेको केन्द्रीय समिति हो ।’
सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताबाट हटाउने र आफू संसदीय दलको नेता बन्ने, आफू बन्न नसके अरु कसैलाई बनाउने भनेर महामन्त्री थापाले दिएको अभिव्यक्तिका विषयमा नेता पौडेलले भने, ‘महामन्त्रीले कुन सन्दर्भमा कसरी भन्नुभयो त्यो एउटा विषय भयो । कांग्रेसले सरकारको नेतृत्व गरिहाल्ने त्यस्तो तत्काल परिस्थिति बनिहालेको पनि छैन ।’
‘त्यसको अर्थ यो होइन कि हामीहरूले नेतृत्व समक्ष गर्नुपर्ने प्रश्न छैन भन्ने होइन । प्रश्नहरू छन् । त्यसको बारेमा हामीहरूले त्यहाँ प्रश्नहरू उठाउँछौँ’, उनले भने, ‘आन्तरिक व्यवस्थापनका विषयमा निर्णय गर्नुपर्ने । स्पष्ट पार्नुपर्ने सन्दर्भमा कार्यशैली नमिलेका सन्दर्भमा सुशासनको बारेमा यो सबै कुराहरू हामील उठाउँछौँ ।’
‘पार्टीको आन्तरिक बैठकबाट हामीले कुरा मिल्ने, नमिल्ने त्यो खालको परिस्थिति होला । यसलाई बहसको विषय हो भनेर त्यहि ढंगबाट अगाडि बढाउँछौं’, उनले भनेका छन् ।
पौडेलले भने, ‘अहिले कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा भन्दा पनि कार्यशैली परिवर्तन हो । सरकारमा बसेर कांग्रेसले आम जनतालाई डेलिभर दिन सक्नु पर्यो । २०८४ को निर्वाचनसम्म पुग्दा हामी बसिरहने सरकारमा बसेर उल्लेखनीय काम नहुने हो भने सरकारमा बस्दा काम हुन नसकेको कारणले निर्वाचनमा हामीले हारव्यहोर्नुपर्ने परिस्थिति हुन सक्छ ।’
‘संसदीय दलको नेता परिवर्तन गर्न सरकारको नेतृत्व गर्ने परिस्थिति आएको हुनु पर्यो’, पौडेलले भने, ‘परिवर्तन गर्ने भनेको पार्टीको नेतृत्वको कार्यशैली भएन भनेर भनेका छौँ । आवश्यक्ताअनुसार सुधार गरेर जानुपर्छ भनेका छौँ ।’
महामन्त्री थापा संसदीय दलको नेता बन्न देखाएको लोभ र हतारलाई नेता पौडेलले अस्वीकार गरिदिएका छन् । थापालाई तत्कालका लागि आफ्नै समूहबाट घात भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया