प्रचण्डको राजीनामा त्यागेर ओली गृहमन्त्री र आचार्यसँग भिडे

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

ओलीले मिटरव्याज पीडितका विषयमा गृहमन्त्री श्रेष्ठले दिएको अभिव्यक्तिको ओलीले आलोचना गरेका छन् । श्रेष्ठलाई सो अभिव्यक्तिप्रति क्षमा माग्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् ।

प्रेस सल्लाहकार आचार्यले संसदको अबरोध खुलाउने विषयमा भएको गोप्य सहमतिलाई एमालेभित्र नेताहरूका बीच छलफल नहुँदै प्रेस विज्ञप्ति जारी गरेर लिक गरेको भनेर ओली रिसाएका छन् । ओलीले दाहाललाई फोन गरेर आचार्यलाई प्रेस सल्लाहकारबाट हटाउन दवाव दिएका छन् ।

अवरुद्ध सदन खुलाउनेबारे सिंहदरबारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलमा संसदमा प्रधानमन्त्री दाहालले स्पष्टीकरण दिएपछि संसद चल्न दिने सहमति भएको थियो । तर, गृहमन्त्री श्रेष्ठ र प्रेस सल्लाहकार आचार्यको हर्कतले ओली रिसाएका हुन् ।

तीन शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए ।

सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष ओलीले श्रेष्ठ र आचार्यको गतिविधिप्रति असन्तुष्टि जनाउँदै तोडेका हुन् ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको आग्रहमा आइतबारको संसदको बैठक सोमबारलाई सारेको दाबी गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले ट्वीटरमा लेखेको विषयमा अड्को थाप्नुभयो । यो त अति भयो ।’

प्रेस सल्लाहकार आचार्यले दाहालको अभिव्यक्तिलाई लिएर प्रेस विज्ञप्ति जारी गरेका थिए । मन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई राहत दिन ल्याएको अध्यादेश निष्क्रिय बनाउन एमालेले सदन अवरोध र प्रधानमन्त्रीको राजीनामा मागेको बताएका थिए । प्रतिनिधि सभाको बैठक आइतबार बस्दै नबसी सरेको छ ।

Published : Sunday, 2023 July 9, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया