कुर्सी फुत्किने भएपछि डरले थरथर भए प्रदीप, पावरफुल मन्त्रीले घमण्ड भत्काइदिए
काठमाडौं । डरले थरथर कामेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्पष्टीकरण बुझाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राधिकरणका महानिर्देशक अधिकारीसँग दोस्रो पटक ३ दिनको म्याद दिएर स्पष्टीकरण सोधेका थिए । मन्त्री किराँतीले आफूलाई कारबाही गर्ने संकेत पाएपछि डराएका अधिकारीले दोस्रो पटक थरथर कामेर समयभित्र स्पष्टीकरण बुझाएको उच्च स्रोतले जनाएको छ ।
कारबाहीमा पर्ने भएपछि महानिर्देशक अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म कुरा पुर्याएका छन् । अधिकारीलाई पूर्वमन्त्री प्रेम आलेले बोकेर हिँडेका छन् ।
पहिलो पटक सात दिने समय दिएर सोधेको स्पष्टीकरणको जवाफ महानिर्देशक अधिकारीले अटेर गरेर दिएका थिएनन् ।
अधिकारीले शुक्रबार स्पष्टीकरण बुझाएका हुन् । अधिकारीको स्पष्टीकरणको पत्र आइतबार मन्त्रालयमा दर्ता भएको छ ।
महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई चुनौति दिएर पहिलो स्पष्टीकरणको जवाफ दिएका थिएनन् ।
मन्त्रिपरिषदले आफूलाई नियुक्त गरेको भन्दै महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई स्पष्टीकरण सोध्ने अधिकार नरहेको सार्वजनिक रुपमा भनेका थिए ।
मन्त्रिपरिषदले नै स्पष्टीकरण मागेको खण्डमा मात्र आफूले स्पष्टीकरणको जवाफ दिने चेतावनी मन्त्री किराँतीलाई महानिर्देशक अधिकारीले दिएका थिए ।
मन्त्री किराँतीले महानिर्देशक अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाही गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको भनेर स्पष्टीकरण सोधेका छन् ।
२०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता काम गरेको आरोप लगाउँदै किराँतीले अधिकारीसँग स्पष्टीकरण सोधेका थिए ।
अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भइ धनजनको क्षति भई गम्भीर प्रश्न उठिरहँदा उड्डयन सुरक्षामा प्रभावकारी कार्ययोजना ल्याउन नसकेको पनि अधिकारीमाथि आरोप छ ।
सात दिनको समय दिएर सोधिएको स्पष्टीकरणको जवाफ अधिकारीले नदिएपछि मन्त्री किराँतीले दोस्रो पटक चेतावनीसहितको स्पष्टीकरण मागेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया