गृहमन्त्री श्रेष्ठले बालेन र ‘टिम’लाई मासु–भात खुवाए
काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’सँग भेटवार्ता गरेका छन् ।
शनिबार साँझ गृहमन्त्री श्रेष्ठले नगरप्रमुख शाहलाई बेलुकाको खाना खान बोलाएका थिए । श्रेष्ठ र बालेनबीच ललितपुरमा डिनरसहितका बैठक भएको श्रेष्ठले बताएका छन् ।
उनीहरूका बीच के–के विषयमा कुराकानी भएको हो केही भनिएको छैन । तर, श्रेष्ठले भनेका छन्, ‘हिजो काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्वपूर्ण छलफल भयो ।’
‘उहाँको टीमका केही प्रतिभाशाली साथीहरू पनि सहभागी हुनुहुन्थ्यो’, श्रेष्ठले भनेका छन्, ‘छलफललाई निरन्तरता दिने समझदारी बनेको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोँच रह्यो ।’
गृहमन्त्री श्रेष्ठले बालेनसँग भेट्न इच्छा राखेका थिए । बालेनले श्रेष्ठसँगको भेटवार्तामा खासै रुचि देखाएका थिएनन् ।
काठमाडौंका नगरप्रमुख बालेन र उनको टिमलाई गृहमन्त्री श्रेष्ठले आफ्नै खर्चमा मासु र भातलगायतका मीठा खानेकुरा खुवाएका छन् ।
गृहमन्त्री श्रेष्ठले बालेन र उनको टिमलाई मासु र भात खुवाएको कुरा सामाजिक सञ्जालमा लेखेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया