शरणार्थी काण्डमा डा.आरजु राणालाई जोडेर सार्वजनिक अडियो सत्य नभएको प्रहरीद्वारा पुष्टि
काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाकी सांसद डा. आरजु राणालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो झुट भएको प्रहरीले पुष्टि गरेको छ ।
डा. देउवाले नक्कनी भुटानाी शरणार्थी काण्डको अनुसन्धान भैरहेको बेला आफूलाई जोडेर सार्वजिनक भएको अडियोको सत्य, तथ्य अनुसन्धान गर्न नेपाल प्रहरीमा निवेदन दिएकी थिइन् ।
नेपाल प्रहरीको हिरासतमा रहेका अभियुक्त दाङ घर भएका सन्देश शर्माले प्रहरीसँग वैशाख ४ गते नै बयान दिएका छन् । शर्माले प्रहरीमा दिएको बयान र अदालतमा दिएको बयान एउटै छ ।
डा.राणाको नाम लिएको अडियो वैशाख १६ गते मात्रै सार्वजनिक गरिएको थियो । डा.राणले भने अडियो सार्वजनिक भएपछि वैशाख २७ गते अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर व्यूरोको कार्यालय भोटाहिटीमा उजुरि दिएकी थिइन् ।
निवेदनबारे पत्र पठाउँदै प्रहरीले फोनमा बोल्ने शर्माले बयानमा दिए अनुसार आफूलाई अनुकूल हुनेगरी मात्रै नाम लिएको बयान दिएका छन् । डा.राणलाई आफूले चिन्दा पनि नचिनेको र यो काण्डमा कहि कतै सम्वन्ध नरहेको उल्लेख गरेको भन्दै शर्माले डा.राणाबारेमा आएको अडियो झुट भएको बयानमा जनाएका छन् ।
प्रहरीले शर्माले अदालतमा दिएको बयाननै सत्य भएको भन्दै अडियोमा बोलिएको विषयवस्तुमा सत्यता नभएको बयानकर्ताले नै बोलिसकेको जनाएको छ ।
नेपाल प्रहरीले उक्त निवेदन उपर पत्र पठाउँदै अदालतमा शर्माले दिएको बयान नै सत्य भएको उल्लेख गरेको छ । डा.राणाको संलग्नता नभएको प्रहरीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शर्माले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा भनेका छन्, ‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरूले हामीलाई समस्यामा पारीसके निजहरू आएको समयमा हामी तपाईलाई फोन गछौं । सो समयमा तपाईले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराई दिनुभयो भने हामी बाच्छौं भनी पहिले नै निजहरूको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा निजहरूले भनेअनुसार आरजु राणा तथा बालकृष्ण खाण र मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो, उक्त कुरा वास्तविक होईन, जाहेरवालाले भन्नु भने अनुसार मात्र भनेको हुँ, मैले निजहरूलाई चिनेको छैन, चिन्दै नजिनेको व्यक्तिहरूलाई यति धेरै रकम नगदै विना काम दिने कुरै भएन ।’
शर्माको बयान र प्रहरीको विज्ञप्तिले नक्कली भुटानी शरणार्थी काण्डमा डा.राणामाथि व्यक्तिगत चरित्रहत्या गर्दै राजनीतिक हत्या गर्ने उदेश्यले नियोजित रुपमा लगाइएको आरोप गलत सावित भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया