दाङका तीन पत्रकारले कमिशन खाएको छानविन गर्न समिति गठन, राप्तीलाई माओवादी-एमालेले भ्याए
काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाले राप्ती गाउँपालिकाको प्रगन्ना सिचाइँ कुलो सरसफाइ गर्ने विषयमा पत्रकारहरूले कमिशन (घुस) खाएको आरोप लागेपछि सत्य तथ्य पत्ता लगाउन ३ सदस्सीय छानविन समिति बनाएको छ ।
शनिबार बसेको पत्रकार महासंघ दाङ शाखाको बैठकले शाखाका अध्यक्ष दुर्गालाल केसीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएका विज्ञप्तिमा उल्लेख छ । समितिको संयोजक केसी छन् भने सदस्यद्वयमा सन्तोष सुवेदी र उदय बिसी रहेका छन् । समितिले असार ३१ गतेभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्नेछ ।
विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महासंको आज बसेको पदाधिकारी, सल्लाहकार र सञ्चार संगठनका प्रतिनिधिहरूको संयुक्त बैठकले प्रगन्ना सिँचाइँ कुलो सिचाइँको योजनामा पत्रकारका नाममा रकम बाँडिएको भन्ने विषयमा छानविन गरि असार ३१ गतेभित्र प्रतिवेदन पेश गर्न निम्नानुसारको समिति गठन गरेको छ ।’
अध्यक्ष केसी र सचिव आरके शीतलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रगन्ना सिचाइँ कुलो खन्ने जिम्मेवारी लिएको अनन्त कन्ट्रक्सन प्रा.लि. ले ढुंगाजन्य पदार्थ उत्खनन् गर्दा केही पत्रकार लगायत जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधि लगायतका व्यक्तिलाई रकम बाँडेको घटना सार्वजनिक भएकोप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘घटनाबारे आवश्यक अनुसन्धान गरि दोषीलाई कार्वाही गर्न सम्बन्धीत निकायसँग जोडदार माग गर्दछौं’, दाङ शाखाले भनेको छ ।
‘कुनै पनि अवैध कामको ढाकछोप गर्ने बहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले सामाजिक सञ्जालमार्फत तीन जना पत्रकार सन्तोष गुप्ता २५ हजार, विदुर एमसीले १० हजार र घनश्यामले १० हजार बुझेको आरोप लगाएका छन् ।
सो घटना सार्वजनिक हुनेवित्तिकै पत्रकार महासंघ दाङ शाखाले छानविन समिति गठन गरेको छ ।
राप्ती गाउँपालिकाले प्रगन्ना सिचाइँको कुलो सरसफाइ गर्ने बहानामा सो स्थानबाट बालुवा, गिट्टी अर्थात् नदीजन्य खानी उत्खनन् गर्न माओवादी निकटका चार जना ठेकेदारहरूलाई मिलोमतोमा दिएको आरोप छ । सोही ठेक्कामा पार्टनरहरूका बीच कुरा नमिलेपछि कमिशन र भ्रष्टाचारको रकमको कुरा बाहिर आएको छ ।
कमिशन खानेको सूचीमा दाङका प्रमुख जिल्ला अधिकारीले एक लाख, प्रहरी प्रमुख (एसपी)ले ३ लाख, राप्ती गाउँपालिकाका लेखापाल रेशम अधिकारीलगायतको नाम छ । राप्तीका लेखापाल अधिकारीले १ लाख ४० हजार कमिशन खाएको शाहीले आरोप लगाएका छन् ।
लेखापाल अधिकारीलाई तत्कालीन समयमा एमालेले भर्ना गरेको थियो । अधिकारी निकै भ्रष्ट र सेवाग्राहीलाई दु:ख दिने बदनाम कर्मचारीमा पर्छन् । नेपाली कांग्रेसको जनप्रतिनिधि आउँदा कांग्रेस बन्ने, माओवादीको जनप्रतिनिधि आउँदा माओवादी बन्ने अधिकारीको रोग नै छ ।
राप्ती गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित भएका छन् । माओवादीले यसअघि पनि राप्ती गाउँपालिका अन्तर्गत पर्ने पूर्वपश्चिम महेन्द्र राजमार्गको दायाँबायाँ रहेका रुखहरू काटेर खाएका थिए । रुख काटेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
देउखुरीमा गुण्डा नाइके चक्रे मिलन निकटको समूह फुट्यो, कम्युनिस्ट-सीडीओ-एसपीले भ्याए कमिशन

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया