गगन कांग्रेस फुटाउन लागेका त होइनन् ? हारेको ६ महिनामै किन दिए अराजक अभिव्यक्ति ?
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता पदमा पराजित भएको ६ महिनामै महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाविरुद्ध अभिव्यक्ति दिएका छन् ।
सभापति देउवाविरुद्ध निरन्तर सार्वजनिक कार्यक्रमहरूमा आक्रमण गरिरहेका थापाले संसदीय दलको नेता बन्न पुन: रुचि देखाएका छन् । थापाले दलको नेता बनेर प्रधानमन्त्री बन्न प्रयास गर्ने बताएर सबैलाई चकित तुल्याइदिएका छन् ।
उनले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा दुई दिन जिल्ला सभापतिहरूको भेला गरेको अर्को दिन महामन्त्री थापाले देउवाविरुद्ध पुन: बोलेका छन् । थापाले देउवालाई सभापति र संसदीय दलको नेताबाट फाल्नका लागि अहिले नै पुन: प्रयास गरिरहेको बताएका छन् ।
थापाले देउवालाई सभापति र संसदीय दलको नेता पद टीका लगाएर दिएका होइनन् । प्रजातान्त्रिक प्रक्रियाबाट देउवा आएका हुन् । महामन्त्री थापाले कांग्रेसलाई फुटको संघारतिर लैजाने प्रयास गरिरहेको आरोप लागेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक बस्न केही दिन बाँकी रहेका बेला महामन्त्री थापाले सभापति देउवाविरुद्ध जथाभावी बोलेर कांग्रेसलाई फुटाउन खोजेको आरोप लागेको छ । थापाको गतिविधिले निकै चरम रुप लिएको छ ।
महामन्त्री थापाले कतै कांग्रेसलाई फुटाएर अर्को कांग्रेस बनाउन खोजेका त होइनन् प्रश्न उठेको छ । संसदीय दलको नेतामा पराजित भएको ६ महिनाभित्रै थापालाई दलको नेता बन्ने र प्रधानमन्त्री हुन भुत चढेको छ ।
शनिबार काठमाडौंको बुढानिलकण्ठमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफू पुन: कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने बताएका छन् । उनले बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताएका हुन् ।
महामन्त्री थापाले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरूलाई पहिला नै थाहा हुने भइसकेको बताए । उनले अब पूर्वप्रधानमन्त्री पुन: प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताएका छन् ।
उनले भने, ‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दैछ भन्नेकुरा पहिल्यै थाहा छ ।’
उनले भने, ‘यो नभए यो भुतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन की नेपालमा नयाँ प्रधानमन्त्री बन्नसक्छ ।’ आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताए । थापाले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि बताएका छन् ।
‘प्रधानमन्त्री बन्नेकुरा भुतपूर्व क्लबकै हुने जस्तो भयो । नेपालका राजनीतिक पार्टीहरू यस्ता भए । नेकपा (एमाले)ले कसरी चल्छ त्यो उहाँहरुको कुरा हो, नेकपा (माओवादी केन्द्र)ले कसरी बदल्छ त्यो उहाँहरूको कुरा हो’, थापाले भने, ‘हामी कांग्रेसमा छौँ, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ ।’
‘त्यही कुरा गर्ने कोशिस गरेको हो । म त क्लियर छु, विधि भित्रै रहेर यो कुरा गरिरहेको छु’, उनले भनेका छन् ।
थापाले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने पनि बताएका छन् ।
थापाले भने, ‘म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हो। मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ । तर, म थाकेको छैन, हारेको छैन, नेपाली कांग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन ।’
उनले भने, ‘त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु। सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु । त्यो बदलिनपर्छ ।’
‘बदल्ने ठाउँ दिइएको छ, त्यो भनेको दलभित्रै छ। अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ’, महामन्त्री थापाले भनेका छन् ।
महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को शुरु गर्न जरुरी रहेको पनि बताएका छन् ।
सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।
उनले कांग्रेस सरकार भएको ठाउँमा राम्रो काम गरे बहुमत ल्याउन सकिने बताए ।
‘हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौं भने २०८४ को चुनावमा जो जो नयाँ आएपनि हामीलाई कसैले केही गर्न सक्दैन’, पौडेलले भनेका छन् ।
‘सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिलेपनि हामीले चुनाव जित्न सक्दैनौं’, पौडेलले भनेका छन् ।
उनले कांग्रेस जुन जुन सरकारमा छ त्यहाँ सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा काम गर्ने र नागरिकको पक्षमा काम गर्न चाहेको छभन्ने सन्देश दिनुपर्ने बताए ।
नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरेका छन् ।
‘रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ । हामीले जान्न के पर्यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन्’, पौडेलले भनेका छन्, ‘हामी त अनि महत्वकांक्षी छौँ, आकांक्षा छ, चुनाव आउँछ, प्रतिस्पर्धामा उत्रिन्छौँ ।’
उनले भने, ‘यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रस्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिन सर्ट गरेर अर्को प्रतिस्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै विरुद्ध प्रमाण जुटाउने काम नगरौँ, सकेसम्म पार्टीको पक्षमा, पार्टीका नेताको पक्षमा लेखौं ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया