सत्ता फुत्किएपछि निरीह बनेको एमालेको रास्वपाको जति बुद्धि छैन, अबरोधभन्दा केही देख्दैन

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै एमालेका संसदहरूले प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनीहरूले संसद बैठक अबरोध गरेपछि सभामुख देवराज घिमिरेले शुक्रबारसम्मका लागि स्थगित गरेका छन् ।

‘प्रधानमन्त्रीले जे भन्नुभएको छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन’, एमालेका सांसद रघुजी पन्तले भनेका छन् ।

‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन’, उनले भने, ‘हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन ।’

एमाले, रास्वपा र राप्रपाका सांसदहरू ह्वेलको अगाडि भेला भएका थिए । उनीहरू किन र केका लागि अगाडि गएर प्रदर्शन गरेका हुन् केही भनेका छैनन् । रास्वपाले प्रधानमन्त्रीको राजीनामा माग गरेर आफूहरूले सदन अवरोध नगरेको जनाएको छ ।

दलहरूले बैठक अवरोध गर्न थालेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री दाहालले जवाफ होइन राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँबानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रह्यो । जवाफ होइन, राजीनामा चाहियो ।’

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री प्रचण्डको संसदमा मात्र नभएर बाहिर पनि आलोचना भइरहेको छ ।

एमालेलगायत विपक्षी दलहरूले यही विषयलाई लिएर बुधबार संसदका दुवै सदनमा अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री दाहालको प्रतिनिधिसभा र राष्ट्रियसभामा राजीनामा नै मागेको छ ।

विपक्षी दलहरूको अवरोधका कारण बुधबार संसदका दुवै सदनका बैठक स्थगित भएका छन् । सुरुमा राष्ट्रियसभा बैठक स्थगित भएको थियो ।

प्रतिनिधिसभा बैठक पनि भोलिसम्मका लागि स्थगित भएको छ । बैठक शुरु भएलगत्तै एमालेलगायतका विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

तर, तोकिएको सो समयमा पनि बैठक सुरु हुन सकेन । बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । एमालेलगायत विपक्षी दलहरूले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै संसद अवरोध गरेका थिए ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले आफूहरूले प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले आफूहरूले प्रमुख प्रतिपक्ष दल एमालेसँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताए ।

उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्नेगरी आएको बताए । उनले यसप्रति रास्वपाको प्रश्नहरू रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको बताएका छन् ।

उनले आफूहरूलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको बताएका छन् । एमालेले प्रतिनिधि सभाका साथै प्रदेश सभाहरू पनि अबरोध गर्दै आएको छ । एमालेको राजनीतिक एजेण्ड समाप्त भएपछि झिनामसिना कुरामा संसद अबरोध गर्दै आएको छ ।

सत्ताबाट बाहिर जानु परेको पीडा एमालेलाई छ । सोही पीडामा उसले संसद निरन्तर अबरोध गर्दै आएको छ । विगतमा पनि एमालेले संसद अबरोध गरेर रेकर्ड बनाएको छ ।

Published : Wednesday, 2023 July 5, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया