खतिवडाद्वारा विलन्दुका पीडितलाई आर्थिकसहित विभिन्न सहयोग प्रदान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

मंगलबार खतिवडाले बाढीपहिरो पीडितलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

असार ७ गते राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका एकै घरका रणबहादुर गुरुङ, शिवमाया गुरुङ, छोरा दिनेश गुरुङ र १५ महिनाकी छोरी कृतिका गुरुङले ज्यान गुमाएका थिए ।

बाढीपहिरोबाट २३ घर पूर्णरुपमा क्षति भएको थियोे । १५० घरपरिवार बिस्थापित भएका थिए ।

सांसद खतिवडाले बाढीपहिरो गएको दिन संसदको बैठकमा बजेटमाथिको छलफल चलेका कारण आफू उपस्थिति हुन नसकेको भन्दै क्षमा मागेका छन् ।

खतिवडो व्यक्तिगत रुपमा केही थान सोलर बत्ति र आर्थिक सहयोग पनि हस्तान्तर गरेका छन् ।

प्रभावित बस्तीलाई सुरक्षित ठाउँमा सार्ने, सिंचाइँ र बिजुली बत्तीको लागि सम्बधित निकायले डीपीआर गरी पठाउन अनुरोध गरेको खतिवडाले बताएका छन् ।

Published : Tuesday, 2023 July 4, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया