तरुण दलका नवनियुक्त केन्द्रीय सदस्यहरूद्वारा डा.कोइरालासँग भेटवार्ता
काठमाडौं । नेपाल तरुण दलका नवनियुक्त केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई भेट गरेका छन् ।
मंगलबार काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूले नेता डा.कोइरालासँग भेट गरेका हुन् । डा.कोइरालाले नवनियुक्त केन्द्रीय सदस्यहरूलाई इमान्दार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।
नवनियुक्त केन्द्रीय सदस्य सरिन घिमिरेका अनुसार कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आफूहरूलाई बधाइ तथा शुभकामना दिएको बताए । डा.कोइरालाले गुट उपगुटभन्दा माथि उठेर कांग्रेसको संगठन निर्माण र जनतासँग सम्पर्कमा रहेर काम गर्न सुझाव दिएका छन् ।
यसअघि, केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवाका साथै विभिन्न नेताहरूसँग पनि भेट गरेर धन्यावाद दिएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया