‘कांग्रेसको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह’

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।

सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको विभागको बैठकले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजहरूलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने निर्देशन दिएको छ ।

तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानूनी दायरामा ल्याउने निर्णय विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागको कामलाई प्रभावकारी बनाउन समिति गठन गर्ने र समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने पनि निर्णय गरेको छ ।

निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुईकेल रहेका छन् । सदस्यहरूमा गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ्ग र श्रीनिमग हुमागाइँ रहेका छन् ।

कार्ययोजना तर्जुमा समितिमा संयोजक गोपालकुमार झा र सदस्य तिलक राई, उमिद वागचन, हुकम बुढा, विष्णु तिमिल्सिना, राघव गौतम र रम्मा मिश्र छन् ।

Published : Tuesday, 2023 July 4, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया